गृहपृष्ठ खबर गुल्मिबाट कोहलपुर हिंडेका अलपत्र मजदुरको शितगंगा बाट उद्धार

गुल्मिबाट कोहलपुर हिंडेका अलपत्र मजदुरको शितगंगा बाट उद्धार

प्रकाशित मिति:

गुल्मिको रुरु क्षेत्र बाट आएका २२ जना मजदुरको उद्धार गरि पठाइएको छ । पुल बनाउने काममा गुल्मी पुगेका उनिहरु काम रोकिए पछि अलपत्र परेर घर फर्कन क्रममा मंगलवार शितगंगा नगरपालिकामा पुगेका थिए शितगंगा नगरपालिका २ शितापुरको प्रतिक्षालयमा बसेका उनिहरुको स्थानिय झनक केसीको नेतृत्वमा उद्धार गरि बस्ने ब्यवस्था मिलाइएको थियो ।

साथै घर पुग्न लामो दुरी पार गर्नु पर्ने भएकोले जान सवारीको ब्यवस्थापन गरि पठाइएको छ । मितज्यू सामाजिक सस्थाले उनिहरुको यातायातको खर्च ब्यवस्थापन गरे सँगै उनिहरुलाई घर सम्म पुग्ने ब्यवस्था गरिएको हो । आज नगरपालिकाले सम्पुर्णलाइ माक्स तथा पिउने पानीको ब्यवस्थापन गरि सवारीपास बनाइ प्रहरी सँग समन्वय गरि पठाइएको प्रमुख प्रसासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिए ।

सम्बन्धित् समाचार