
शितंगगा नगरपालिकाले एसईई परिक्षाको तयारी अबस्थामा रहेका बिद्यार्थीहरुका लागि रेडियो कक्षा सञ्चालन गर्ने भएको छ । आज बसेको शिक्षा समितिको बैठकले घरमा स्व अध्यनमा रहेका बिद्यार्थीहरुका लागि पर्न सक्ने अप्ठेरोलाई मध्येनजर गर्दै रेडियोबाट पठाउने ब्यवस्था गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिए ।
नगरपालिकामा रहेको एक मात्र सञ्चार माध्यम रेडियो शितगंगा बाट हरेक दिन अब रेडियो कक्षा सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको छ । शितगंगा नगरपालिकाको सहयोग तथा रेडियो शितगंगाको ब्यवस्थापन र प्राबिधिक सहयोगमा रेडियो ट्युसन सुरु हुन लागेको प्रमुख प्रशासकिय अधिकृत गौतमले जानकारी दिए । यस बाट घरमा रहेका बिद्यार्थी प्रत्यक्षलाभांबित हुने नगरपालिकाको अपेक्षा रहेको छ । बिषय तथा बिषय शिक्षकहरुको ब्यवस्थापन शितगंथा नगरपालिकाको शिक्षा शाखाले गर्ने छ । कक्षा सञ्चालनको लागि नगरपालिकामा रहेका १२ वटा माबिका शिक्षक तयारी अबस्थामा राख्ने निर्णय भएको छ ।