गृहपृष्ठ खबर शितगंगा नगरपालिकाले एसईई परिक्षा दिने हरुका लागि रेडियो कक्षा सञ्चालन गर्ने

शितगंगा नगरपालिकाले एसईई परिक्षा दिने हरुका लागि रेडियो कक्षा सञ्चालन गर्ने

file photo
file photo

शितंगगा नगरपालिकाले एसईई परिक्षाको तयारी अबस्थामा रहेका बिद्यार्थीहरुका लागि रेडियो कक्षा सञ्चालन गर्ने भएको छ । आज बसेको शिक्षा समितिको बैठकले घरमा स्व अध्यनमा रहेका बिद्यार्थीहरुका लागि पर्न सक्ने अप्ठेरोलाई मध्येनजर गर्दै रेडियोबाट पठाउने ब्यवस्था गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिए ।

नगरपालिकामा रहेको एक मात्र सञ्चार माध्यम रेडियो शितगंगा बाट हरेक दिन अब रेडियो कक्षा सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको छ । शितगंगा नगरपालिकाको सहयोग तथा रेडियो शितगंगाको ब्यवस्थापन र प्राबिधिक सहयोगमा रेडियो ट्युसन सुरु हुन लागेको प्रमुख प्रशासकिय अधिकृत गौतमले जानकारी दिए । यस बाट घरमा रहेका बिद्यार्थी प्रत्यक्षलाभांबित हुने नगरपालिकाको अपेक्षा रहेको छ । बिषय तथा बिषय शिक्षकहरुको ब्यवस्थापन शितगंथा नगरपालिकाको शिक्षा शाखाले गर्ने छ । कक्षा सञ्चालनको लागि नगरपालिकामा रहेका १२ वटा माबिका शिक्षक तयारी अबस्थामा राख्ने निर्णय भएको छ ।

सम्बन्धित् समाचार