हरी घिमिरे , बैशाख ४
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात् (कोभिड–१९) फैलिरहेको बेला कपिलवस्तु जेसिज बर्ष २०२० ले “घर घरमा डाक्टर अभियान ” बाट वाणगंगा नगरपालिकाका २ हजार ३ सय घर परिवार लाभान्वीत भएका छन् ।
अभियानको १३ औँ दिन पनि आज कपिलवस्तु जेसिज उत्तिकै सक्रियताका साथ चेकजाँच तथा परमर्शमा खटिएको थियो । अभियानको १३ औँ दिन बाणगङ्गा नगरपालिका वडा नम्बर १ मा अभियान संचालन गरेको जेसिजले जनाएको छ ।
आम जनताको स्वास्थलाई मध्य नजर गर्दै कपिलवस्तु जेसीज वर्ष २०२० को आयोजनामा कपिलवस्तु सामुदायिक अस्पतालको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाईटी बाणगङ्गा उपशाखाको विशेष सहयोग एवम् बाणगङ्गा नगरपालिका वडा नं १ को समन्वयमा अभियान संचालन गरेको हो । कार्यक्रममा थर्मोगन मेसिनद्धारा ज्वरो नाप्ने, अन्य समस्याहरु सोध्ने गरिएको कपिलवस्तु जेसिज अध्यक्ष मनोजकुमार खत्रीले जानकारी दिए ।
बिहिबार बाणगङ्गा नगरपालिका वडा नं १ को अति विपन्न डाँडाकुला र जीतपुर बगाहा बस्तीमा “घर घरमा डाक्टर अभियान” लिएर पुगेको छ । कपिलवस्तु सामुदयिक अस्पतालका सिनियर डाक्टर दिपेन्द्र चन्द र पारामेडिक्स सन्तोष खनालको विशेष प्राविधिक सहयोग रहेको कपिलवस्तु जेसिजले जनाएको छ ।
साथै बाणगङ्गा नगरपालिका वडा नं १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारी, वडा सदस्य सनजु कुमार सारु, कपिलवस्तु जेसिजका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, शंकर पाण्डे, पोस्टराज गौतम, कपिलवस्तु जेसिजका संस्थापक महासचिव डोलकराम घिमिरे, गजेहडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजकुमार खाँड, स्थानीय समाजसेवी लगायतको सहभागिताका साथै सहयोग रहेको महासचिव प्रविन पौडेलले बताए ।