कपिलवस्तुमा हातहतियार सहित ६ जना पक्राउ परेका छन । कपिलवस्तुको तिलौराकोट साझेदारी वनबाट दुई जान र कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. १० वनकट्टीबाट ४ हातहतियार सहित पक्राउ परेका छन । बुधबार साझ ५ वजे तिलौराकोट साझेदारी वन क्षेत्रको वाणगंगा खोला नजिकै विना इजाजत हातहतियार सहित वन्यजन्तु शिकार खेलि रहेको अवस्थामा कपिलवस्तु नगरपालिका वडा नं ९ बस्ने वर्ष ५१ का मनिराम थारु र वर्ष ४५ का त्रीलोकी केवट पक्राउ परेका हुन ।
उनीहरुलाई भरुवा वन्दुक १ , चक्कु १ र वन्दुकमा प्रयोग हुने सामान सहित बनको गस्ती टोलीले पक्राउ गरेको हो । थारु र केवटलाई हिरासतमा राखी अनुसन्धान भैरहेको सहायक बन अधिकृत मौजेलाल पटेलले जानकारी दिनु भयो । त्यस्तै सब डिभिजन वन कार्यालय पिपराको टोलीले बुधबार बिहान चार जनालाई पक्राउ गरेको थियो ।
रुपन्देही जिल्ला कंचन गाउँपालिका वडा नं. ५ भैसाहिका ६९ वर्षीय बान्छु थारु, ५० वर्षीय सुकइ थारु, २८ वर्षीय प्रभु थारु र ३० वर्षीय राजकुमार थारुलाई वन सुरक्षाकर्मीहरुले पक्राउ गरेका हुन् ।
उनीहरुलाई ११ थान जंगली जनावरलाई पासो थाप्ने जालसहित कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. १० वनकट्टीबाट पक्राउ गरिएको सब डिभिजन कार्यालय पिपराका सहायक वन अधिकृत खिलबहादुर तामाङ्गले बताउनु भयो ।
पक्राउ परेका ६ जना उपर राष्ट्यि निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्य जन्तु सिकार सम्वन्धी मुद्दा चलाइने र सोही ऐनअनुसार कारवाही प्रक्रिया अघि बढ्ने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख इश्वरी पौडेलले जानकारी दिनुभयो ।