वैखरी संवादाता, वैशाख ५
कपिलवस्तु बाणगंगा नगरपालिका अन्तर्गत वडा न.१ र ४ मा पर्ने चारनम्बर चोकमा भिडभाड बढ्न थालेपछि स्थानीयहरुले चर्को विरोध गर्न थालेका छन् ।
चार नम्बर चोकमा अलपत्र यात्रु मजदुर मानिसहरुको भिड बढ्न थालेपछि संक्रमणको जोखिम बढ्न सक्ने भएकाले स्थानीयहरुले विरोध गरेका हुन् । स्थानीयहरुले सुरक्षाको जिम्मा कस्को हो ? भन्ने जस्ता प्रश्न स्थानीय सरकार र प्रहरी प्रशासनलाई गर्न थालेका छन् ।
नगरपालिकाले सिमा नाकामा प्रहरी तथा जनप्रतिनिधी लगायतले निगरानी गरी अन्य स्थानीय तहबाट प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । यद्यपि बिहिवार साँझ मात्रै बाक्लो बजार क्षेत्र र स्थानीयहरुको बाक्लो बस्ती भएको चार नम्बरमा दुई ट्रक मजदुरहरु चोकमा जम्मा भए । यसरी दैनिकजसो चोकमा जम्माहुने यात्रु मजदुरहरुको भिडभाडले गर्दा स्थानीयहरु त्रसित भएका हुन ।
अलपत्र यात्रुहरूलाइ खाजा, खाना खुवाउने देखि यातायातको व्यवस्थामा सहयोग समेत गरेका स्थानियहरुले दिन प्रतिदिन यसरी मजदुरहरु आउनथाले पछि उनिहरु बिरोध गर्न बाध्य भएको एक स्थानीय अगुवाको भनाई छ । कपिलवस्तु र रुपन्देहि जिल्लाको सिमानाका कोठि खोलामा बाहिरी जिल्ला बाट आउने यात्रु मजदुरहरु लाई रोकेर त्यहि बाट जिल्ला ‘पार’ गराईदिन स्थानीयहरूले माग गरेका छन् ।