गृहपृष्ठ खबर वास्तविक पिडितहरुकै सेवामा रात दिन खटिरहेका हुन्छन् तरुणदल र नेविसंघ कपिलवस्तु

वास्तविक पिडितहरुकै सेवामा रात दिन खटिरहेका हुन्छन् तरुणदल र नेविसंघ कपिलवस्तु

तरुणदल र नेविसंघ कपिलवस्तु क्षेत्र न.१ का युवाहरुले काठमाण्डौ देखि पैदल आएका मजदुर यात्रुहरुलाई रात दिन नभनि उद्धार गर्दै आएका छन् । युवाहरुले काठमाण्डौ लगाएत विभिन्न ठाँउ वाट आएका पैदल र कोहि गाडिले ल्याएर बाटोमै अलपत्र पारेका मजदुर यात्रुहरुलाई कपिलवस्तु चार नम्बर चोक बाट उद्धार गर्ने गरेका हुन् ।

कोरोना माहामारीका कारण सरकारले लकडाउन गरेको केहिदिन सम्म मजदुरहरु यथा स्थानमै बसेका थिए । लक डाउन दिन प्रतिदिन थपिन्छ भन्ने लागे पछि उनिहरु पैदल यात्रा गर्न बाध्य भएको ति मजदुरहरु बताउ छन् । मजदुरहरुलाई केखाने भन्ने समस्या भएपछि उनिहरु धेरै दिन लगाएर भएपनि आफ्नै घरमा पुगेपछि परिवार संगै दुःख सुख गरेर भएपनि बाच्न सकिन्छ भन्ने विश्वासले यात्रा तय गरेको उनिहरुको भनाई छ । मजदुरहरुले काठमाण्डौ देखि कैलालि लगाएत सुदुर पश्चीमका केहि जिल्लाहरु सम्म पैदल पुग्न सकिन्छ भन्ने आसमै कतै हिडेर कतै गाडिको सेवामा कपिलवस्तुको चार नम्बर सम्म आई पुगे ।

बैशाख ४ गते चार नम्बर आएका उनिहरुलाई तरुणदल र नेविसंघ कपिलवस्तु का युवाहरु र स्थानियहरुले खाजा खाने प्रबन्ध मिलाएका थिए । साझको समय करिब पाँच बजे तिर चारनम्बर आएका मजदुरहरु बाटोमै थकित भएर सुत्ने अवस्थामा थिए । यस्तो अवस्थामा आएका उनिहरुलाई तरुणदल र नेविसंघ कपिलवस्तु का युवाहरु र त्यहाँका केहि स्थानियहरुले जसोतसो तिन वटा ट्रकमा चढाएर आआफ्नो क्षेत्र तिर पठाएको जानकारि दिएको छ ।

सम्बन्धित् समाचार