गृहपृष्ठ खबर सैनामैनामा मोटरसाइकल दुर्घटना हुदां २७ बर्षीय थापाको मृत्यु

सैनामैनामा मोटरसाइकल दुर्घटना हुदां २७ बर्षीय थापाको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको सैनामैनामा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना वडा न.८ बाँसगढिमा लु ३० प ३८०४ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ सैनामैना वडा न.४ मुर्गिया बस्ने वर्ष २७ का सागर थापा मगरको मृत्यू भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी दिनुभयो ।

बुटवलबाट सालझण्डी तर्फ जाने क्रममा सो दुर्घटना गम्भीर हुँदा घाइते भएका थापाको लुम्बिनी प्रादेशीक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

सम्बन्धित् समाचार