गृहपृष्ठ खबर उदयपुर छिरेका ८ भारतीय नागरिकमा कोरोनाको आशंका

उदयपुर छिरेका ८ भारतीय नागरिकमा कोरोनाको आशंका

प्रकाशित मिति:

लकडाउनको समयमा लुकेर उदयपुर छिरेका ८ जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएको छ । यद्यपि, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ । उदयपुर नगरपालिका–३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसआधारमा स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली वैशाखको सुरुमै आएको पाइएको छ ।

उनीहरुको सुरुमा र्‍यापिड टेष्ट गरिएको थियो र सबैको रिपोर्ट नेगेटिभ आएको थियो । शंका लागेर पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर विराटनगर पठाइएको थियो । कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि १० जनाकै नमुना शुक्रबार विहान काठमाडौं पठाइएको छ ।

शंकास्पदहरुलाई भने विरानगर ल्याउने तयारी छ । उनीहरुलाई अहिले मस्जिदमै राखिएको छ । त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले भने, ‘नातागोता भेट्न भनेर ४र५ दिन अगाडि आएको भन्छन् । तर वास्तविक कुरा भनेको जस्तो देखिँदैन ।’

उनीहरुले भने आफूहरु सप्तरीमा भएको धार्मिक सभामा सहभागी हुन आएको र त्यसपछि विभिन्न जिल्ला घुमेर उपदयपुर आएको दाबी गरेका छन् ।

सम्बन्धित् समाचार