कपिलवस्तुको जिल्लाको बुद्धभूमि नगरपालिका वडा नः ४ बुड्ढीका युवाहरुले लकडाउनको समयमा मानवीय कामको थालनी गरेका छन । वडा नं. ४ भित्र बुड्ढीमा रहेका युवाहरुले पूर्व पश्चिम राजमार्गमा आवात जावत गर्ने दलयात्रीलाई खाजा खुवाएका हुन ।
राजमार्गको बुड्ढी चोकमा आज दुई दर्जन बढी पैदलयात्रुलाई चाउचाउ, विस्कुट, चिउरा र पानी दिएर आफुहरुले दुःखको बेला सहयोग गरेको अभियानको नेतृत्व गरेका युवा अगुवा दिपक खनालले जानकारी दिए ।

पछिल्लो समय विभिन्न स्थानमा कामका लागि पुगेका मजदुरहरु घरसम्म पुग्न कष्ट भोगी गरिरहेकाहरुलाई युवाहरुले आफुले सक्ने सक्दो सहयोग गरेको अर्का युवा कल्याण खनालले वैखरी अनलाइनलाई जानकारी दिए । यो बेला पैदलयात्रीलाई खान र बस्न निकै कष्ट भएको छ । बुड्ढीका युवाहरुले यसैलाई मध्यनगर गरी शुक्रबार देखि खाजा नास्ताको प्रबन्ध मिलाइको उनले बताए । यस अभियानलाई निरन्तर चलाइने उनले बताए ।









