गृहपृष्ठ खबर कपिलवस्तुमा कम्बाईन चलाउने जनशक्ति अभाव, कृषकहरु मर्कामा

कपिलवस्तुमा कम्बाईन चलाउने जनशक्ति अभाव, कृषकहरु मर्कामा

बिगत १० बर्ष देखि जिल्लामा धान गहु स्याहार्न कम्बाईन मेशीन प्रयोग हुदै आएको छ । मजदुरहरुको अभाव भईरहेका बेला कम्बाईन हारबेस्टले कृषकहरुलाई निकै सजिलो बनाएको छ । तर जिल्लाको प्रमुख दोश्रो बालीकारुपमा रहेको गहु काटनकालागि खेतमा तयारी अवस्थाा भए पनि कृषकहरुले भने कम्बाईन नचल्दा धान स्हार्न पएका छैनन । असिना पानी परेर बचे खुचेको खेतमा रहेको गहु समेत स्हार्न नपाउदा कृषकहरु चिन्तित बनेका हुन । कोरोनाभाइरसको संक्रमण रोकथाम नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) लागू गरेपछि गहुँ कटान गर्ने कम्बाइन मेसिन चलाउने जनशक्तिको अभाव भएपछि अखिलेस जस्तै तराईं क्षेत्रका धेरै किसानले यो वर्षको गहुँबाली भित्राउन पाएका छैनन् । जिल्लामा पनि मेसिन चलाउने चालकहरू नभएपछि यो वर्ष किसानको गहुँ कटानको काम प्रभावित भएको छ । पहिले हातैले धान तथा गहुँ बाली काट्ने गरेको भएपनि पछिल्लो १० वर्षयता किसानहरूले कटानमा कम्बाइन मेसिनको प्रयोग गर्दै आइरहेका छन् ।

लामो समयदेखि हातले बाली काट्ने बानि छुटि सकेका किसानहरू आफैसँग मेसिन चलाउने सिप नहुँदा यो वर्ष तनावमा परेका छन् । किसानहरूले भारतीय जनशक्तिको प्रयोग गरेर कम्बाइन मेसिनमार्फत गहुँ काट्ने गरेका थिए ।यस बर्ष असिनाका कारण धेरै हद सम्म क्षति पुगेको गँहु बाली अहिले भित्राउन तयार भएको छ । तर लकडाउन र संक्रमणको डरले मजदुर भेटिन छाडेका छन । कम्पाईने चलाउने अधिकांस चालक भारतबाट आउन पाएका छैनन । सिजनमा ऋण धन गरि चालकहरुलाई पेश्की दिएका, बैङ्कबाट ऋण लिई कम्पाईन खरिद गरेका किसान मात्रै होईन, कम्पाईनकै भरमा गँहु बाली भित्राउन खोजेका किसान पनी चिन्तित छन ।

१५ दिनको सिजनमा कम्पाईनको चालक, ईन्धन र कम्पाईन बिग्रदा मर्मत सम्भारका लागी मेसिनरी सामाग्रीको आवश्यकता पर्छ । तर अहिलेको लकडाउनले तन मानविय उपलब्धता, न भौतिक सामाग्री नै उपलब्ध हुने अवस्था रहेको कृषकको गुनासो छ । मायादेवी गाँउपालिका–१ संजय तिवारीले लकडाउनका कारण भारतिय चालकले यो सिजनको लागी कम्पाईन चलाउन पेश्की रकम लगेी सकेको बताए । भारतिय चालक नेपाल आउन नपाउदाँ कम्पाईन थन्किएर सिजनमा गँहु भित्राउनै समस्या परेको उनले गुनासो गरे ।

मेशीन नचल्दा १० बिघामा लागएको गहु समेत झरेर जाने उनले चिन्ता ब्यक्त गरे । अर्का कपिलवस्तु नगरपालिका–४का कृषक जितेन्द्र कुर्मीले लक डाउनका बेला कम्पाईन चल्न नपाए पछि कम्पाईन मालिक र किसान दुबै समस्यामा परेको बताए । उनले स्थानिय प्रशासनले कम्पाईन चलाउन सहज बातावरण बनाईदिन आवश्यक रहेको मायादेवी गाँउपालिकाका अध्यक्ष बजरंगी कुर्मीले माग गरे । मायादेबी गाउपालिाका प्रमुख बजरंगी कुर्मीले प्रहरी प्रशासनले कम्बाईन चलाउन सहज वातावराण् बनाउनु पनैृ बताए ।

कपिलवस्तुका प्रजिअ दिर्घ नारायण पौडेलले स्थनिय पालिका र प्रहरीको समन्वयमा कम्पाईन प्रयोग गर्न दिने भन्ने बिषयमा व्यवहारीक सहमती बनेको जानकारी दिए । उनले कम्बाईन चालक, सह चालकलाई सुरक्षित तरिकाले खेतमा चलाउन दिने समझदारी भएको बताए । जिल्लामा ३ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि ८१ हजार ५ सय ७६ हेक्टरमा खेती हुदै आएको छ । यस बर्ष जिल्लामा २ हजार ७ सय २६ हेक्टर क्षेत्रफलमा गँहु खेती गरिएकोमा ७ हजार ८ सय ४० मेट्रिक टन गँहु उत्पादन हुने अपेक्षा गरिएको थियो । तर यस बर्ष परेको असिना पानीले गँहु उत्पादनमा ठुलो ह्रास आउन सक्ने कृषी ज्ञान केन्द्र कपिलवस्तुको अनुमान छ ।

सम्बन्धित् समाचार