कपिलवस्तुमा ७ दिनमा ६ सय ७८ जनाको र्या्पिड टेस्ट भएको छ । शुक्रवार ५ पालिकामा कुल ४७ जनाको आरडिटि परिक्षण भएको छ । सुद्धोदन गाउँपालिकामा ४, वाणगंगा नगरपालिकामा ४, शिवराज नगरपालिकामा २, बिजयनगरमा २३ र मायादेबी गाउँपालिकामा १४ जना व्यक्तिहरुको आरडिटि परिक्षण भएको छ । कपिलवस्तुमा गत शनिवारबाट टेस्ट सुरु भएको थियो । अहिले सम्म सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।
अहिले सम्म बिजयनगर गाउपालिकामा १ सय ६५, महराजगंज नगरपालिकामा २ सय , सुद्धोदन गाउपालिकामा ६०, मायादेबी गाउँपालिकामा ८२, कृष्णनगर नगरपालिकामा ४५, शिवराज नगरपालिकामा ३, जनाको टेस्ट भएको छ । यस्तै कपिलवस्तु नगरपालिकामा २० यशोधरा गाउपालिकामा ४१ र बाणगंगा नगरपालिकामा ८ जनाको टेस्ट, बुद्धभुमी नगरपालिकामा १४ जनाको टेस्ट भईसकेको छ ।
क्वारेन्टाईनमा १४ दिन बसेकोहरुको टेस्ट भएको भगतले बताए । कपिलवस्तुमा शुक्रवार साँझ सम्म १० पालिकाले तयार गरेको एक हजार १२ क्वारेन्टाईन बेडमा ९ सय २२ जना रहेकोमा ७ सय ५४ डिस्चार्ज भएका छन् । ५ जना महिला र १८३ पुरुष गरी जम्मा १ सय ८८ जना रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सैनीले जानकारी दिए ।