नेविसंघ स्थापना दिवसको अवसर पारेर राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरणनेविसंघ स्थापना दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ क्षेत्र नं. १ र सिद्धार्थ क्याम्पस इकाई समिति कपिलवस्तुले संयुक्त रुपमा राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ । ५० औं वर्ष पूरा गरेको र ५१ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा यस्तो कार्य गरेको हो । यसोत नेविसंघ क्षेत्र नं १ कपिलवस्तुलाई कुनै दिवस चाहिँदैन यद्यपि समय सन्दर्भ अनुसार राहत सामग्री वितरण गरेको तरूणदलको भनाई छ ।
विश्वभर कोरोना भाइरसको महामारी बढ्दै गएकोले साँझ, बिहान छाक टार्न द्यौद्यौ भएका करिब १०० जना विद्यार्थी र बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । खाद्यान्न सामाग्री बिपि स्मृति भवन गजेहडामा एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।
नेपाल विद्यार्थी संघ र सिद्धार्थ क्याम्पस इकाई समितिले कोरोना भाइरस फैलिन जाँदा र सरकारले लकडाउन गर्दा भाडामा बस्ने विद्यार्थी र अति विपन्न परिवारलाई राहत वितरण गरी सह्राहनीय कार्य गरेकोमा नेपाली कांग्रेस केन्द्रिय सदस्य सांसद अतहर कमाल मुसलमानले धन्यवाद दिनुभयो । नगरपालिकाले एकद्धार प्रणलीबाट वितरण गर्न दवाव दिए पनि नेपाली कंग्रेसका विभिन्न भातृ संगठन सक्रीय भएका छन् ।
यस्तै दुःखीहरुको घाउमा मल्हम लगाउँदै आएको आफूहरुको विगतलाई नै यस लक डाउनको समयमा निरन्तरता दिएको नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीको भनाई छ । दुःखीको सेवा गर्नु नै नेपाली कंग्रेसको धर्म रहेको ठकुरीले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य सांसद अतहर कमाल मुसलमान, नेपाली कंग्रेस महासमिति सदस्य दुर्गा सेन, महाधिवेशन प्रतिनिधि टेकबहादुर शाही, नेपाली कंग्रेसका नगर सभापति बिष्णु थापा, तरुण दल जिल्ला सदस्य कृष्ण पराजुली, क्षेत्रीय सभापति तिलक थापा सांस्कृतिक संघका सभापति चन्द्रकान्त पोख्रेलको सहभागिता रहेको थियो ।
यस्तैगरी खाद्यान्न हस्तान्तरण कार्यक्रममा नेपाली कंग्रेसका नगर सहसचिव ईश्वर थापा, वाणगंगा नगरपालिका वडा नं.४ का वडा अध्यक्ष गणेश छेत्री, नेविसंघका मीन थापा, राममणी पौडेल, नेका वडा नं.(३ का सभापति खिमानन्द पाण्डे, तरुणदलका हरि पुन सुशील सिंह ठकुरि गङ्गाबहादुर छेत्री, पप्पु गुप्ता, नेका का लक्ष्मण शर्मा लगायतको उपस्थिति रहेको थियो । नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल र इकाई सभापति दिनेश क्षेत्रीको विशेष अगुवाईमा खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।









