गृहपृष्ठ खबर सरकारबाट ओझेलमा परेका बिपन्नलाई जिसिले गरे झिमरुकमा सहयाेग

सरकारबाट ओझेलमा परेका बिपन्नलाई जिसिले गरे झिमरुकमा सहयाेग

प्रकाशित मिति:
प्युठानकाे झिमरुक गाउपालिका वडा नम्बर एक निबासि प्यान्थरा कन्ट्रक्सन प्रालिका संचालक तथा उत्कृष्ट समाजसेबि युवा लिला जिसिले झिमरुक गाउपालिका दुईका बिपन्न परिवारका लागि रु दशहजार काे चामल उपलब्ध गराउनु भएकाे छ।
झिमरुक दुईमा सरकारबाट दैनिक ज्यालादारि,बिपन्न , असाहय,अशक्त जसले दिनभरि पसिना बगाएर साझ बिहानकाे चुलाे मुस्किलले बाल्ने गर्दथे तर बिश्वब्यापी रुपमा फैलिएकाे काेराेना भाईरसका कारण देशमा पुर्णरुपमा लकडाउन भएपछि ती परिवारकाे चुल्हाे निभ्न नदिनउहाले चामल बितरण गरेकाे बताउनुभयाे।
अाज झिमरुक गाउपालिका दुई का वडा अध्यक्ष लाई दशहजार काे चामल दिएकाे र वडाभित्र छुटेका बिपन्न ,ज्यालादारि असाहय परिवारलाई चामल बितरण गर्नेवडा अध्यक्ष बल बहादुर एम सिले भन्नुभयाे।
साबिककाे बादिकाेट गाबिस वडा नाै मा जन्मनु भएका अशक्त अपांग ५१ बर्षिय गाेबिन्दराना अाफुले एक बाेरा चामल पाएपछि खुसिले गदगद छन।रानालाई बादिकाेट गाबिसले गाबिस कार्यलय नजिकै सार्बजनिक जग्गामा टहरा बनाएर बालबञ्चा पालनपोषण मा सहज बनाएकाे थियाे।तर संघिय राज्यपुनसंरचना पछि उनी झिमरुक एक का नागरिक भएता पनि न झिमरुक एकले राहत दियाे न दुईले म अपङ्गा छु हिडडुल गर्न समेत सक्दैन श्रीमती अरुकाे मेलामा जान्थिन र कमाएर ल्याउथिन श्रीमतिकाे कमाईबाट छाेराछाेरि र हामी पालिएका थियौँ त्याे पनि हरायाे सरकारले वास्तै गर्न छाेड्याै बाचाै कसरी।
रानाकाे याे जबाफबाट मन पग्लिएका जिसिले अाझै उहालाई एक बाेरा चामल वडा अध्यक्ष कै राेहबरमा हस्तान्तरण गरेपछि केही दिन त चुल्हाे बल्छ भन्दै खुसिले गदगदहुदै दुई हात र दुई खुट्टा काे साहेताले घर्सदै घर फर्के।
जिसिले अापत बिपत परेकाहरुलाई विभिन्न समयमा राहत तथा उद्दार गर्दै अाएका छन।

सम्बन्धित् समाचार