कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलको पहलमा १५० बढि मजदुर यात्रुलाई उद्धार गरेका छन । बाणगंगा नगरपालिकाका प्रवतmा समेत रहेक अध्यक्ष पौडेलले विभिन्न जिल्लामा जानका लागी कोठी नदी सिमामा आई अलपत्र परेका उनीहरुलाई खाना खुवाई गन्तब्य तर्फ पठाएका हुन ।
वडा अध्यक्ष सहित स्थानियहरु, ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी जवानहरुको साथ लिएर अध्यक्ष पौडेलले २ ट्रकमा यात्रुहरुलाई गन्तब्य स्गल तर्फ पठाएका हुन । हाल कोरोना कारण देशभरनै मजदुरहरु अलपत्र परि रहेका बेला यसरी वडा अध्यक्षले आफनो पहलमा खाना खुवाएर यात्राका लागी सवारी साधनको ब्यवस्थामा गरेमा यात्रु मजदुरले धन्यवाद समेत दिएका छन ।