गृहपृष्ठ खबर अलपत्र थकित यात्रुहरुलाई कपिलवस्तुको वाणगंगा ७ वनगाईका युवाहरुले गरे उद्धार

अलपत्र थकित यात्रुहरुलाई कपिलवस्तुको वाणगंगा ७ वनगाईका युवाहरुले गरे उद्धार

प्रकाशित मिति:

विभिन्न जिल्लाहरु बाट पैदल यात्रा गर्दै आएका थकित यात्रुहरुलाई कपिलवस्तुको वाणगंगा ७ वनगाई बाट उद्धार गरीएको छ । रोल्पा रुकुम र सुदुर पश्चीम सम्म पुग्ने अलपत्र परेका पैदल यात्रीहरुलाई वनगाईका स्थानिय युवाहरुले उद्धार गरी मानवियताको उदाहरण बनेका छन् ।

काठमाण्डौ, पोखराबाट ५ दिन सम्म लामोपैदल यात्रा गरेर कपिलवस्तुको वनगाई आएका आएका ३६ जना यात्रुहरुलाई आफ्नो गन्तव्य स्थल सम्म पुर्याउनका लागि सहयोग गरेका छन् । स्थानीय युवा कुमार खड्का, कृष्ण केसि, भक्ति शर्मा गुरु अशोक वाग्ले,भिम प्रसाद आचार्य,राजकुमार श्रेष्ठ, सुरेन्द्र पाण्डे तथा अन्य स्थानिय युवाहरु संग आर्थिक रकम उठाएर उनीहरुलाई घर फर्काउने काम गरेको उनिहरुको भनाई छ ।

कोभिड १९ अर्थात कोरोना भाईरसका कारण विश्व संकटको अवस्थामा रहेका वेला ज्याला मजदुरी गरेर खाने श्रमीकको पिडा नत सकारले बुझन सक्यो नत हुने खानेले बुझे । यस्तो विषम परिस्थीतिमा हामीलाई घरमा सम्म पुग्नु वाध्यताहोे कुनै रहर होईन यात्रु मजद्रहरुले गुनासो पोखे । काम गर्ने ठेकेदारले केहिदिनत नआति वस्न भनेर केहि दिनका लागि खाना ,खाने र वस्ने व्यवस्था मिलाए पनि लकडाउन लम्वीदै जाँदा ठेकेदार फोनले सुईच अफ गरेर वस्ने सम्पर्कमा नआउने भए पछि दुईछाक खान पनि नसक्ने अवस्था भएकै कारण आफुले काम गरेको ज्याला समेत नलिई घर फर्कन वाध्य भएको युवाहरुलाई बताए ।

यात्रु मजदुरहरु आईतवार विहान ८ वजे वनगाई आएको भन्ने खवर थाहा पाए लगतै स्थानिय युवा त्यँहा उनिहरुलाई उद्धार गरेका हुन । मजदुरहरु चेतना निमावी नजिकै थकित भएर अलपत्र परेका थिए ।

सम्बन्धित् समाचार