गृहपृष्ठ खबर एनएमबि बैंक पकडी शाखाले गर्यो मायादेवी राहत कोषमा खाद्य सामाग्री सहयोग

एनएमबि बैंक पकडी शाखाले गर्यो मायादेवी राहत कोषमा खाद्य सामाग्री सहयोग

प्रकाशित मिति:

वैशाख ८ , कपिलवस्तु

एनएमबि बैंक लि. पकडी शाखा कपिलवस्तुले मायादेवी गाउँपालिका द्वारा स्थापना गरिएको मायादेवी राहत कोषमा करिब ५० हजार रूपैयाँ बराबरको खाद्य सामाग्री सहयोग गरेको छ ।

एनएमबि बैंक पकडि शाखाका प्रमुख सीता भुसाल र मायादेवी गाउँपालिका का अध्यक्ष बजरङ्गी प्रसाद कुर्मी को उपस्थितिमा बैंकले उक्त खाद्य सामाग्री गाउँपालिका लाई हस्तान्तरण गरेको हो । देश कोरोना भाइरस (Covid-19) बाट आक्रान्त बन्दै गइरहेको र लामो समय देखिको लकडाउनको अवस्थामा दैनिक रूपमा मजदुरी गरेर आफ्नो छाक टार्नेहरूको दैनिकी सहज बनाउन यस प्रकारको सहयोग महत्त्वपूर्ण हुने गाउँपालिका प्रमुख कुर्मीले वैखरी अनलाइन लाई बताउनु भयो ।

एनएमबि बैंकले यस अघि प्रधानमन्त्री राहत कोषमा एक करोड एकाउन्न लाख रूपैयाँ नगद र सात वटै प्रदेशमा सय /सय थान ‘पिपिइ’ हस्तान्तरण गरिसकेको छ भने विभिन्न प्रदेशमा रहेका शाखाहरूले समेत शाखा रहेको नगर र पालिकाहरूमा सहयोग गर्दै आइरहेका छन् ।

सम्बन्धित् समाचार