गृहपृष्ठ खबर लुम्बिनी विकास कोषका सदस्य ज्ञवालीद्धारा एम्बुलेन्स चालकलाई पिपिई सेट प्रदान

लुम्बिनी विकास कोषका सदस्य ज्ञवालीद्धारा एम्बुलेन्स चालकलाई पिपिई सेट प्रदान

प्रकाशित मिति:

लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई गरी पाच थान पिपिई सेट प्रदान गरेका छन । ३ एम्बुलेन्स चालक र २ स्वास्थ्यकर्मीलाई पिपिई सेट हस्तान्रण गरेका हुन । सुद्धोदन गाउपालिका, मेरी स्टोप्स र तौलिहवा आखा अस्पतालका एम्बुलेन्स चालकलाई तथा नेपाल परिवार नियोजन संघ र मेरी स्टोप्स सेन्टरका स्वास्थ्यकर्मीलाई एक एक पिपिई सेट प्रदान गरिएको हो ।

सेटसंगै ग्लोब्स र सेनिटाईजर समेत प्रदान गरेका थिए । कोरोना भाईरसको उच्च जोखिममा रहेका एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई सुरक्षित र ढुक्कसंगथ सेवा दिने वातावरण बनाउन आफुले उनीहरुलाई सो प्रदान गरको कोषका सदस्य ज्ञवालीले बताए । आफुले सामाजिम उत्तरदायित्व बहन गर्दै उनीहरुको सुरक्षालाई ध्यान दिई सेट प्रदान गरेको उनले बताए । केही दिनमा अन्य एम्बुलेन्स चालकलाई समेत पिपिई सेट प्रदान गर्नै उनले बताए ।

सम्बन्धित् समाचार