कपिलवस्तु जेसिजको एम्बुलेन्स बिरामी बोकेर कपिलवस्तुदेखि काठमाडौं जान नमानेपछि बुटवलको एम्बुलेन्स मार्फत बिरामीको उद्धार गरिएको छ । जिल्लाको जितपुर ४ नम्बर निवासी राधा अधिकारीको मेरुदण्डको उपचारका निमित्त काठमाडौ जान परेको अवस्थामा बिरामिका आफन्तले हिजो वैशाख ८ गते कपिलवस्तु जेसिजको एम्बुलेन्स लाई बिरामी बोकेर काठमाडौ जानका निमित्त अनुरोध गरेका थिए तर कपिलवस्तु जेसिजका एम्बुलेन्स चालक एवम संस्थाका केही पदाधिकारीहरूले जिल्ला भन्दा बाहिर बिरामी बोकेर जान नसक्ने र नमिल्ने ( प्रशासनको आदेस ) भन्दै उम्किन खोजेका थिए । तत पश्चात् बिरामीका आफन्तले आज (वैशाख ९ गते )गोपाल राम प्यारी मेमोरियल ट्रस्टु बुटवलको एम्बुलेन्स (लु-१ च-५२४०) झिकाएर बिरामिलाइ काठमाडौ तर्फ लगिएको छ ।

कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष उमानाथ पौडेल एवम् संस्थापक महासचिव डोलकराम घिमिरेले यस विषयमा के कस्तो ? किन ? भएको हो भन्ने बारेमा आफूहरूले बुझेर प्रतिक्रिया दिने बताए साथै सामाजिक सेवा भावले संचालन भएको एम्बुलेन्स बिरामीको आवश्यक अनुसार देशको जुनसुकै स्थानमा जाने प्रतिबद्धता समेत व्याक्त गरेका छन् ।
यद्यपि वैखरी अनलाइन मार्फत प्रकाशित समाचारको कपिलवस्तु जेसिजले विज्ञप्ती सार्वजनिक गर्दै समाचारको खण्डन गरेको छ ।









