गृहपृष्ठ खबर दोलखाकी १३ वर्षिया बालिका छिमेकीबाटै बलात्कृत

दोलखाकी १३ वर्षिया बालिका छिमेकीबाटै बलात्कृत

प्रकाशित मिति:

दोलखामा एक बालिका जबरजस्तीकरणीको शिकार भएकी छन् । जिल्लाको करिव १३ वर्षिया बालिका ६३ वर्षिया वृद्धबाट जबरजस्तीकरणीको शिकार भएकी हुन् । जंगलमा वस्तु चराउन गएको समयमा ति बालीकालाई छिमेकीले नै जबरजस्तीकरणी गरेका हुन् ।

पटकपक जबरजस्तीकरणीको शिकार भएकी ति बालीकाको व्यवहारमा परिवर्तन आएपछि परिवारका सदस्यले सोधखोज गर्दा घटना बाहिर आएको हो । पिडितको तर्फबाट जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी परे सँगै पिडकलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागी दोलखा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान कार्य अघि बढाइएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार