गृहपृष्ठ खबर शिवराज नगरपालिका ९ का विपन्नलाई दोस्रो चरणको राहत वितरण गरिने

शिवराज नगरपालिका ९ का विपन्नलाई दोस्रो चरणको राहत वितरण गरिने

प्रकाशित मिति:

शिवराज नगरपालिका ९ का बिपन्नलाई शिवराज नगरपालिकाले राहत बितरण गर्ने भएको छ । दैनिक ज्याला मजदुरी गरी जिविका चलाउदै आएका कोरोना भाईरसका कारण मजदुरी गर्न नपाई चुलो समेत बल्न छोडेका बिपन्नलाई शिवराज नगरपालिकाको आर्थिक सहयोग र शिवराज नगरपालिको पहलमा राहत बितरण गर्न लागिएको हो । देशका बिभिन्न स्थानमा ज्याला मजदुरी गरी गुजरा चलाउदै आएका मजदुर हरु बन्दा बन्दीका कारण मजदरी गर्न नपाए पछि समस्यमा पर्दै आएका हुन ।पहिलो चरणमा शिवराज नगर पालिका वडा नं ९का ११५ बिपन्नलाई राहत बितराण गरेको नगरपालिकाले दोस्रो चरणको राहत बितरण गर्न लागेको हो ।


पहिलो चरणमा बितरण गर्दा केहि वास्तबिक बिपन्नले नपाएको र केही नपाउनु पर्नेले समेत पाएको घटना सुन्नमा आएकोले शिवराज नगरपालिका भित्रका बास्तबिक बिपन्न कोही नछुटाउन भेला बोलाएको शिवराज नगरपालिका वडा नं ९का अध्यक्ष चुर बहादुर खडकाले जानकारी दिनु भयो विश्व भरी महामारीको रुप लिई फैलिएको कोरोना भाईरसका करण हाल सम्म नेपालमा ३१ जना संक्रमित मध्ये ४जना पुर्ण रुपमा निको भईसकेको र बाकी २७ जनाको देशको बिभिन्न अस्पतालमा उपचार भईरहेको उनीहरु सबैको अवस्था सामान्य रहेको जानकारी गराउदै यती बेला रेड जोनबाट आएका सबैले अनिवार्य रुपमा १४ दिन एकान्तबासमा बसी सहयोग गरी दिन आग्रह पनि गर्नु भयो ।

बिश्व भरी नै महामारीको रुप लिई फैलिएको यो बेला कोही पनि भावानामा नबगी वास्तबिक बिपन्नलाई सहयोग गर्नु पर्ने खडकाले बताउनु भयो ।यसै गरी शिवराज नगरपालिका वडा नं ९को डाड खोलाका बिपन्नलाई पनि राहत बितरण गरीने भएको छ । सोमबार अध्यक्ष चुर बहादुर खडको नेतृत्वमा एक समुह डाड खोलाका बिपन्नको समस्य सुन्न र वास्तबिक बिपन्न पहिचान गर्न डाड खोला पुगेको थियो ।

साथै भेलामा स्थानीय बुद्धिजिवी समाजसेवी सुरक्षकर्मी शिक्षक स्वस्थ्याकर्मि जनप्रतिधि वडा सचिव प्रेम सागर ओली लगायत र शिवगढीका राजनितिक दलका प्रतिनिधीहरुको सामुहिक उपस्थितीमा कोरोना बिरुद्ध लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

सम्बन्धित् समाचार