गृहपृष्ठ खबर कपिलवस्तुको गजेहडामा दुई स्थानीय पुरुषद्धारा चार नाबालिकालाई प्रलोभन देखाई पटकपटक बलात्कार

कपिलवस्तुको गजेहडामा दुई स्थानीय पुरुषद्धारा चार नाबालिकालाई प्रलोभन देखाई पटकपटक बलात्कार

कपिलवस्तुको वाणगंगा नगरपालिकामा दुई पुरुषमाथि चार नाबालिकालाई बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको वाणगंगा वडा नं. ४ गजेहडामा चार नाबालिकाहरुमाथि दुई जना पुरुषद्धारा पटकपटक बलात्कार गरिएको बुझिएको छ ।

बलात्कार गरेको आरोप लगाउने एक नाबालिकाकी आमाद्धारा यो बलत्कारको घटना बाहिर आएको हो । तीन दिन अगाडी घटना सार्वजनिक भएता पनिे यो बीचमा नाबालिकासंग राम्रोसंग बुज्दां नाबालिकाहरुले बलात्कार गरेको भनेपछि न्याय खोज्दैं आज बुधबार प्रहरी सामु आएको बताइन । । एक बालिकालाई ५ बर्ष देखी र ३ बालिकालाई केही महिना देखि पटक पटक जबर्जस्तीकरणी गरेको पीडितका अभिभावकले जनाएका छन् । पिडकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ ।

दुई नाबालिकालाई भने प्रयास गरेपनि बलात्कार गर्न नसकेको पीडितका अभिभावक बताउँछन । अहिले पीडित र पिडकलाई गजेहडा प्रहरी बिट्मा राखी सोधपुछ भइरहेको छ । स्थानीयले गजेहडा प्रहरी बिट्मा न्याय माग गर्दै नाराबाजी गरेका छ्न । ती वालिका १० बर्ष भित्रका रहेका छन् । बलात्कार आरोपी  दुबै प्रहरी नियन्त्रणमा आई सकेको इलाका प्रहरी कार्याालयका प्रहरी  निरिक्षक आयुष प्रसाद जोशीले जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार