गृहपृष्ठ खबर क्वारेण्टाइन महिला मैत्री हुनुपर्ने : राष्ट्रिय मदरसा संघ

क्वारेण्टाइन महिला मैत्री हुनुपर्ने : राष्ट्रिय मदरसा संघ

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले अहिले मुलुक लकडाउनको स्थितिबाट गुज्रिरहेको छ । यस क्रममा खाशगरेर बिदेशबाट आएका मानिसहरुलाई क्वारेण्टाइनमा राखेर कोरोना संक्रमण छ कि छैन भन्ने सामान्य ब्यवस्था गरिएको छ र संक्रमित भेटिए आइसोलेशनमा लगेर उपचार गर्ने गरिएको छ ।


तर यस्तो महामारीले आक्रान्त भएको बेलामा पनि देशमा महिलाहरु बलात्कृत भएका घटनाहरुुबढ्दो घटनाप्रति चिन्तित र दुःखित हुँदै राष्ट्रिय मदरसा संघ नेपालले घोर बिरोध जनाएको छ ।

संघले यस्तो स्थिति आउन नदिन क्वारेण्टाइन महिला मैत्री हुनुपर्दछ ।महिला र पुरुषका निमित्त छुट्टा छुट्टै भवनमा हुनु पर्दछ या महिलाहरुको अलग वार्ड हुनु पर्दछ र महिलाहरुले क्वारेण्टाईनमा रहँदा सुरक्षित हुन र रहन पाउनु पर्दछ भन्ने सरकार र सरोकारवालासँग राष्ट्रिय मदरसा संघका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अल्कुफी र महासचिव मौलाना मसुद खाँ नेपालीले संयुक्त  विज्ञप्ति मार्फत जोडदार माग गरेका छन् ।

सम्बन्धित् समाचार