तरुणदल र नेविसंघ क्षेत्र नं.१ कपिलवस्तुको पहलमा अलपत्र परेका यात्रुलाई उद्धार गरिएको छ । यो लकडाउनको समयमा लामो यात्रा तय गरि आएका यात्रुलाई स्थानीयको सहयोगमा खाना खुवाईएको छ । काठमाडौंदेखी तीन दिनको लामो यात्रा पश्चात वाणगंगाको चार नम्वर जीतपुरमा आईपुगेका ती अलपत्र यात्रुलाई यातायातको समेत व्यवस्था गरि घर पठाईएको छ । अधिकाशं यात्रुहरु दाङ र प्युठानका रहेको बुझिएको छ ।
अधिल्ला दिनहरुमा पनि तरुणदल र नेविसंघ क्षेत्र नं.१ कपिलवस्तुले अलपत्र मजदुर यात्रुहरुलाई रातदिन नभनि उद्धार गर्दै आएका छन् ।
युवाहरुले काठमाण्डौ लगाएत विभिन्न ठाँउ वाट आएका पैदल र कोहि गाडिले ल्याएर बाटोमै अलपत्र पारेका मजदुर यात्रुहरुलाई कपिलवस्तु चार नम्बर चोक बाट उद्धार गर्ने गरेका हुन् । लकडाउन दिन प्रतिदिन थपिन्छ भन्ने लागेपछि उनीहरु पैदल यात्रा गर्न बाध्य भएको मजदुरहरुले बताएका थिए । मजदुरहरुलाई केखाने भन्ने समस्या भएपछि उनिहरु धेरै दिन लगाएर भएपनि आफ्नै घरमा पुगेपछि परिवार संगै दुःख सुख गरेर भएपनि बाच्न सकिन्छ भन्ने विश्वासले यात्रा तय गरेको उनीहरुको भनाई छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सासंद अतहर कमाल मुसलमानले जहाँ सरकारको ध्यान जादैन् त्यहाँ नेपाली कांग्रेसको ध्यान जाने र हरेक क्षेत्रमा कांग्रेसको उल्लेख सहभागिता समेत दावी गर्नुभयो ।
गरिव दुःखीको घाउमा मलम लगाउन नेपाली कांग्रेस हर्दम तयार रहेको नेपाल तरुण दल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरीले बताए ।
सोहि क्रममा लकडाउनको एक महिना पुग्दा कम्पनिले खर्च नदिए पछि भोकभाकै पैदल हिड्न बाध्य भई विभिन्न जिल्लाबाट दुःख कष्ट सहदै कपिलवस्तुमा आएका मजदुरहरुलाई नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं. १, नेपाल तरुण दल कपिलवस्तु र स्थानीयहरुको सक्रियतामा उद्धार गरिएको छ । बुधवार बिहान चार नम्बर जितपुर चोकमा विभिन्न जिल्ला काठमाडौ, काभ्रेबाट पश्चिमका जिल्लाहरु दाङ, कैलाली जिल्ला सम्म पुग्नका लागि पैदल तथा साइकलमा आएका ३५ जना मजदुरहरुको उद्धार गरिएको नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिए ।