गृहपृष्ठ खबर कपिलवस्तुमा लकडाउनको मौका छोपी अवैध रुपमा काठको चोरी निकासी

कपिलवस्तुमा लकडाउनको मौका छोपी अवैध रुपमा काठको चोरी निकासी

प्रकाशित मिति:

कपिलवस्तुमा अवैध  काठका ५ ओटा सिसौका गोलिया मंगलवार प्रहरीले बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नं. ११ कप्तानगञ्जको सागवनको बगैँचा लुकाईछिपाई राखेको अवस्थामा काठ बरामद गरिएको सशस्त्र प्रहरी बल डालपुरका प्रमख अनिरुद्र हाजराले जानकारी दिनुभएको छ ।

काठलाई साँझ ५ बजेतिर बरामद गरिएको हो । बरामद गरिएको काठलाई  गौतम बुद्ध साझेदारी बन कार्यालय उज्जवलपुरमा बुझाइएको हाजराले बताउनुभयो । उक्त काठको मूल्य ७५ हजार रुपियाँ बराबरको पर्ने रहेको बताउनुभयो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको (कोभिड–१९) संक्रमणलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको मौकाछोपी अवैद्य रुपमा काठको चोरी निकासी गरिरहेको उहाँले बताउनुभयो ।

सम्बन्धित् समाचार