गृहपृष्ठ खबर रुपेन्देहीमा सशस्त्र प्रहरीका २ जना इन्सपेक्टरद्धारा डीएसपीमाथि कुटपिट

रुपेन्देहीमा सशस्त्र प्रहरीका २ जना इन्सपेक्टरद्धारा डीएसपीमाथि कुटपिट

रुपेन्देहीको सुनौलीस्थित सशस्त्र प्रहरीको ब्यारेकभित्र २ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)ले एक जना सशस्त्र प्रहरी नायव उपरीक्षक(डीएसपी)माथि कुटपिट गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल, ५ नम्बर बाहिनीअन्तर्गत सुनौलीस्थित ३८ नम्बर गुल्मका डीएसपी मानबहादुर शाहीमाथि २ जना इन्सपेक्टरले कुटपिट गरेका हुन् । इन्सपेक्टरहरु दयाराम पौडेल र केशव भट्टराईले डीएसपी शाहीमाथि कुटपिट गरेका हुन् । घटना बुधबार रातिको भएको बताइएको छ ।

 

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक ९डीआईजी० प्रविण कुमार श्रेष्ठले डीएसपीमाथि कुटपिट गर्ने इन्सपेक्टरमाथि कारबाहीका लागि निर्देशन दिइएको जानकारी दिए ।

सम्बन्धित् समाचार