गृहपृष्ठ खबर नेपाल तरुण दल क्षेत्र नं. २ र नेविसंघद्धारा ४० घरपरिवारलाई राहत

नेपाल तरुण दल क्षेत्र नं. २ र नेविसंघद्धारा ४० घरपरिवारलाई राहत

प्रकाशित मिति:

विश्वभर फैलिएको कोरोना त्रासका कारण मुलुक एक महिना देखि लकडाउनमा रहदै आएको छ ।  लकडाउनलाई मध्यनजर गर्दै गरिव विपन्नलाई चुलोचौको गर्न समस्या हुदा नेपाल तरुण दल क्षेत्र नं. २ र नेपाल विद्यार्थी संघले राहत लिएर घर घरमा पुगेका छन् ।

सोही अवसरमा कपिलबस्तु नगरपालिकाको तौलिहवामा  बुधबार ४० घरपरिवारलाई राहत प्रदान गरिएको हो । ज्याला मजदुरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई सो राहत वितरण गरिएको नेपाल विद्यार्थी संघका पुर्व सह महामन्त्री प्रकाश घिमिरेले बताए ।

उनले भने समाज सेवी र साथीहरुको सहयोगमा र आफ्नो खाजा खार्च कटाएर राहत वितरण गरेको बताए । आफुहरु हुदा सम्म कोही भोकै बस्ने अवस्था सिर्जना हुन नदिने पुर्व सह महामन्त्री घिमिरेले बताए ।

उनीहरुलाई जनही १० किलो चामल, एक किलो नुन, १ लिटर खाने तेल, डेढ किलो दाल र २ पिस साबुन प्रदान गरिएको नेपाल तरुण दल क्षेत्र नं। २ का सभापति राजेश उपाध्ययले बताए । उनले भने राहत २ सय बढीलाई वितरण गर्ने कार्यक्रम छ ।

राहत वितरणमा नेपाल तरुण दलका नगर सभापति आनुप कुमार पाण्डे, नेपाल विद्यार्थी संघका जिल्ला सभापति राकेश पाण्डे र क्षेत्रिय सभापति अन्नद चौधरी लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित् समाचार