गृहपृष्ठ खबर कपिलवस्तुका मनकारी वलिउद्दिन

कपिलवस्तुका मनकारी वलिउद्दिन

कोरोना संक्रमणको त्रासले गरिएको लकडाउनका कारण एक महिना देखि जारी लकडाउनले गरीब र बिपन्न पविारलाई हातमुख जोर्न समस्या परेको छ । बिपन्न पविारलाई पेट पाल्ःन समेत मुस्किल भएको बेला मायादेबी गाउपालिका– २ का मनकारी वलीउद्दीन मुसलमान बिपन्न पविारको साहारा बनेका छन । समाजसेवी मुसmमान प्रचार प्रसार बिनै उनीहरुलाई खाद्यान्न सहयोग गर्दै आएका छन ।

जिल्लाको मायादेवी गाँउपालिका वडा नम्बर २ का समाजसेवी वलिउद्दिन मुसलमानले बिहिबार मायादेवी ४ का २१ परिवारलाई खाद्यान्न सहयोग गरे । सहयोग गरेको खाधान्नमा चामल, दाल, नुन लगायतका सामाग्री छन ।

त्यसै गरि वडा नम्बर १ पकडी र वडा नम्बर २ अभिरावका राहत पाउन नसकेको र अति गरिव ७÷७ परिवार तथा वडा नम्बर ७ को हरनामपुरका ९ परिवारलाई खाद्यान्न बितरण गरे । उनको घरमा आएका बिपन्न पविारललाई उनले खाली हात फर्काउन्न । आफनो गच्चले भ्याए सम्म चामल, दाल नुन दिएर पठाउने गरेका छन । उनको घरमा दिनहु दश बीस जना बिपन्न परिवार आउने गर्छन । त्यसै गरि उनी नै कार्यवाहक अध्यक्ष रहेको मायादेवी गाउंपालिका वडा नं. १ पकडी स्थित युवा समाज कल्याण नामक संख्या मार्फत उनले कपिलवस्तु अस्पतालमा दुई जोर पिपीई सेट सहित सेनेटाईजर र मास्क सहितका सामाग्री हस्तान्तरण गरेका थिए ।

तौलिहवा स्थित कपिलवस्तु बाल गृहका बालबालिकालाई मास्क, सेनेटाईजर, फलफुल र खाने कुरा उपलब्ध गराउन समेत उनले अगुवाई गरे । उनकै पहलमा संस्थाले जिल्ला प्रहरी कार्यालयल कपिलवस्तुलाई सेनेटाईजर, मास्क र ग्लोब्स लगायतका सामाग्री हस्तान्तरण गरेको छ । कार्यवाहक अध्यक्ष वलीउद्दिन मुसमानको नेतृत्वमा संस्थाका सदस्य र युवा समाजसेवीहरु सहित जिल्ला प्रहरी कार्यालयमा गई प्रहरीलाई २ सय पिस मास्क, २ सय पिस ग्लोब्स, १ सय ७० पिस सेनेटाईजर र १५ लिटर हेण्ड वास लगायतका सामाग्री बितरण गरेका थिए ।

आफुले चर्चा भन्दा पनि समाजका वास्तविक बिपन्न र असाहयलाई सहयोग गर्ने उद्धेश्य राखेको समाजसेवी वलीउद्दिनले बताए । बिपन्न पविार आक्रान्त बनेका बेला सामाजिक उत्तरदाय्त्विले ओतप्रात भई सहयउो गरेको उनले बताए । ‘ यस्तो बेलामा गरिएको सहयोग नै वास्तबिक धर्म हो ’ उनले भने । उनले लकडाउनभर बिपन्न परिवारलाई सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गरे ।
गत स्थानिय तहको निर्वाचनमा मायादेवी गाँउपालिकाको अध्यक्ष पदका निकटम प्रतिश्पर्धि रहेका उनी अहिले नेपाली काँग्रेस कपिलवस्तुको क्षेत्र नम्बर १ (ख) का क्षेत्रिय सभापति हुन ।

सम्बन्धित् समाचार