गृहपृष्ठ खबर कालो बजारी नगर्न वडा अध्यक्ष यादवको आग्रह

कालो बजारी नगर्न वडा अध्यक्ष यादवको आग्रह

प्रकाशित मिति:

कोरानाको महामारी फैलिरहेका अवस्थामा कसैले कालो बजारी नगर्न बुद्धभुमिनगरपालिका वडा नं ५का अध्यक्ष बेचन प्रसाद यादवले आग्रह गर्नु भएको छ ।
रेडियोे मेरो साथीबाट दैनिक प्रसारण हुने कार्यक्रम कोरोना बिशेषमा वहाले यस्तो बताउनु भएको हो । बिश्व भरी कोरोना महामारीको रुपमा फैलिरहेका बेला सबैले आफ्नो ठाउबाट सहयोग गरी यो बिपदको समयलाई पाखा लगाउनु पर्ने बेलामा केही ब्यापारीले थोरै पैसाको लोभमा दैनिक उपभोग्य सामाग्रीहरु महंगो मुल्यमा बेची रहेका सुन्नमा आएकोले त्यस्तो नगर्न सबै ब्यापारीलाई आग्रह गर्नु भएको हो ।यदी त्यस्ता कार्र्य गरेको प्रमाणित भए कार्वाही गर्ने पनि वहाले बताउनु भएको छ ।
लक डाउनका कारण समस्यमा परेका स्थानीय बिपन्न ३५४घर परिवारलाई वडाले राहत पनि बितरण गरेको जानकारी गराउदै यो बिपदको समयमा सधै वडा जनताको पक्षमा रहेकोले कोही नआत्तिन घर बसी लक डाउनको पुर्ण पालना गरेर महामारीको रुपमा फैलिरेहेको कोरोनाको रोकथाममा सहयोग गर्न यादवले आग्रह गर्नु भएको हो ।

सम्बन्धित् समाचार