गृहपृष्ठ खबर बुद्धभूमि नगरपालिका ४ का पन्थीले जिब्रोको क्यान्सरले दुःख दिएकाले आत्महत्या गरेको खुलासा (अपडेट)

बुद्धभूमि नगरपालिका ४ का पन्थीले जिब्रोको क्यान्सरले दुःख दिएकाले आत्महत्या गरेको खुलासा (अपडेट)

प्रकाशित मिति:

बबई गाउँपालिका वडा नं. १ गंगटेका वडा सचिव हरिप्रसाद पन्थीले आत्महत्या गर्नु अगाडि लेखेको सुसाइड नोट फेला परेको छ । वडा सचिवले आत्महत्या गर्नु पूर्व लेखेको सुसाइड नोटमा आफूलाई जिब्रोको क्यान्सरले दुःख दिएको र त्यसको पीडा सहन नसकेर आत्महत्या गरेको उल्लेख रहेको एक प्रहरी अधिकारीले बताए ।

ती प्रहरी अधिकारीले भने –‘यसमा कसैको दोष छैन, म जिब्रोको पीडा सहन नसकेर यो अवस्थामा पुगेको हुँ, भन्ने कुरा पन्थीले सुसाइड नोटमा लेखेको पाइएको छ।’

कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं.४ का बासिन्दा ३६ वर्षीय पन्थीले लोकसेवामा नाम निकालेपछि बबई गाउँपालिकामा खटाइएको थियो। बबई गाउँपालिकाले उनलाई वडा नं. १ को वडा सचिवको रुपमा खटाएको थियो।

उनी जिल्लाकै विकट मानिने गंगटीस्थित वडा कार्यालयमै बस्दै आएका थिए। वडा सचिव पन्थीले बिहीबार बिहान ८ बजेतिर वडा कार्यालयभित्रै आत्महत्या गरेको खवरपछि प्रहरीले उनका घर परिवारका सदस्यलाई समेत बोलाएर घटनास्थल लगेको थियो।

पन्थीका अभिभावक र परिवारसँगै गएर ढोका खोलिएको प्रहरीले बताएको छ। दाङ जिल्ला प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।

सम्बन्धित् समाचार