कपिलवस्तुको वाणगंगामा चार नाबालिका बलात्कार गरेको आरोप लागेका दुई पुरुषमाथि अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । केही दिन पहिला वाणगंगा नगरपालिका वडा नं. ४ गजेहडामा चार नाबालिका माथि दुई पुरुषले बलात्कार गरेको आरोप लागेको थियो ।
बलात्कार गरेको आरोप लागेका अन्दाजी १७÷१८ बर्षीय एक युवक र अर्का अन्दाजी ४० बर्षीय रहेका छन् । घटना तीन दिन अगाडी सार्वजनिक भए पनि आफुहरुले यो बीचमा नाबालिकासंग राम्रोसंग बुज्दा नाबालिकाहरुले बलात्कार गरेको बताएपछि न्याय खोज्दै प्रहरी सामु गएका थिए । यता पीडक पक्षले भने आफुहरुमाथि फसाउने गरी गम्भिर आरोप लगाइएको दाबी गरेका छन् ।
इलाका प्रहरी कार्यालय पिपराले बलात्कारका दुई आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि प्रहरी कार्यालयमै राखेको जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुष प्रसाद जोशीले जानकारी दिनुभयो ।
दुईजना आरोपितको गहिरो अनुसन्धान भैरहेको र अस्पतालमा डिएनए परीक्षण गर्न बिहिबारमात्रै पठाइएको र रिपोर्ट आइनसकेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।