कपिलवस्तुको बाणगंगा नदिमा हिउँद भरीकै सबैभन्दा ठुलो बाढि आएको छ । सोमबार बिहान मेघ गर्जन सहित परेको बर्षाका कारण बाढि आएको हो । अर्घाखाँचीको शितगंगा क्षेत्रमा परेको भिषण वर्षाले बाणगंगा नदिमा यस बर्षकै हिउँदे महिना भरिमै अहिले सम्मको ठुलो बाढि आएको स्थानियहरुले बताएका छन ।
हिउँद महिनामा सधैका भन्दा यस बर्ष अलि धेरै पानिपरेको छ । यसरी पानि परिरहदा कपिलवस्तु लगायत तराई क्षेत्रका वसिन्दाहरुमा गर्मि महसुस भएको छैन । लगातार वर्षा भईरहदा किसानहरु लाई पनि अघिल्लो वर्षहरूमा जस्तो सिचाइको समस्या परेको छैन ।









