काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च वापतको रकम ‘कोभिड—१९, प्रधानमन्त्री राहत कोष’ मा जम्मा गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालय पुगेर पूर्वमहामन्त्री काफ्लेले आफ्नो विवाह खर्च कटाएर ‘कोभिड—१९, प्रधानमन्त्री राहत कोष’ मा रकम जम्मा गरेका हुन् ।
पूर्व महामन्त्री काफ्लेले कोषमा २ लाख रुपैयाँ जम्मा गरेका छन् । विवाह बन्धनमा बाँधिएपछि विवाह खर्चबाट केही रकम राहत कोषमा जम्मा गरिएको उनले बताए । सोमबार स्वास्थ्य मन्त्रालय पुगेर रकम स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको उनले बताए ।










