गृहपृष्ठ खबर लायन्स क्लबद्धारा प्रेस क्लब अफ कृष्णनगरलाई मास्क र सेनिटाईजर सहयोग

लायन्स क्लबद्धारा प्रेस क्लब अफ कृष्णनगरलाई मास्क र सेनिटाईजर सहयोग

प्रकाशित मिति:

जिल्लाको कृष्णनगरमा लायन्स क्लब  द्वारा मास्क र सेनिटाइजर प्रेस क्लब अफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तवलाई हस्तान्तरण गरिएको छ ।
विश्वमा फैलिएको कोरोना भाइसबाट विश्व नै त्रसित रहेको र नेपाल  यसको महामारीबाट जोगिन लकडाउनको अवस्थामा छ ।
यस्तो अवस्थामा समेत चौबिसै घण्टा सेवा दिईरहेका प्रहरी, डाक्टर, पत्रकार लगायत अन्यले हाम्रो लागी खटेका छन् । उक्त अवस्थालाई मध्यनजर गर्दै आज विहिवार प्रेस कल्ब अफ कृष्णनगर लाई मास्क र सेनिटाइजर हस्तांतरण गरिएको कुरा सिनियर डिस्ट्रिक्ट एडवाइजर लायन दिनेश चन्द्र गुप्ता ले जानकारी दिए । साथै आगामी दिनमा समेत हाम्रो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

 


उक्त मास्क र सेनिटाइजर हस्तांतरणमा प्रथम उपाध्यक्ष नसरूल्ला खां, अनिल कुमार , कल्ब डाइरेक्टर विजय कुमार अग्रहरी, कल्बका कोषाध्यक्ष श्याम कुमार मिश्र, घनश्याम अग्रवाल लगायतको उपस्थित रह्यो ।

सम्बन्धित् समाचार