आफ्नै श्रीमती ३० वर्षीया अस्मिता तामाङको हत्या गरेको अभियोगमा हेलम्बु गाउँपालिका-७ बंगारे बस्ने ३५ वर्षीय राम बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङले श्रीमतीलाई काठको किला प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारीपछि ईलाका प्रहरी कार्यालय हेलम्बु र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।