गृहपृष्ठ खबर सरावलमा पनि स्वाबको नमुना संकलन

सरावलमा पनि स्वाबको नमुना संकलन

प्रकाशित मिति:

नवलपरासी , १९ बैशाख
नवलपरासीको सरावल गाउँपालिकामा अवस्थित क्वारेन्टाइनमा बसेका सबै जनामा पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षणकालागी उनिहरुको स्वाबको नमुना संकलन गरि काठमाण्डौ पठाईएको छ ।

सरावल गाउँपालीको पहलमा स्वास्थ्य कार्यालयको टोलीले आर्दश मा.वि. खाेखरपुरा र भुजहवा क्यारेनटाईनमा बसेका २५ जनाको स्वाबको नमुना संकलन गरि काठमाण्डौ पठाईएको हो ।

नमुना संकलन गरी काठमाण्डौ पु¥याउने कार्यमा गाउँपालीकाले सवारी साधनको ब्यवस्थापन गरेको सरावल गाउँपालीकाका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभयो ।

गाउँपालीकाले अहिले क्यरेन्टाईनमा रहेको र यस अगाबै क्यारेन्टाईनमा १४ दिनको बसाई पछि घरफर्किएका सबै जनाको समेत स्वाबको नमुना संकलन गरि काठमाण्डौ पठाउने जनाएको छ ।

सम्बन्धित् समाचार