गृहपृष्ठ बिचार के सबैको पहुँचमा छ अनलाइन कक्षा ?

के सबैको पहुँचमा छ अनलाइन कक्षा ?

प्रकाशित मिति:

Internet को पहुँच र अनलाइन कक्षा केहि फरक पाटो हुन नेपाल कै सन्दर्भमा कुरा गर्ने हो भने त्यस्ता कति ठाउँहरु मा म आफै पुगेको छु जहाँ इन्टरनेटको पहुँच त छ तर एउटा म्यासेज गर्नलाई नेटवर्क खोज्दै हिड्नु पर्छ । शहरी क्षेत्रहरुमा 4G सुचारु भैरहदा कति पय यस्ता ठाउँहरु पनि छन जसलाई नेपाल टेलिकम ले इन्टरनेटको पहुँच भएको स्थानको सुचीमा त राखेको छ तर बिडम्बना ती स्थानको इन्टरनेट को गतिले कछुवालाई पनि मात दिन्छ ।

सबैको घर घरमा Wi-Fi को सुबिधा नहुन पनि सक्छ Data लिनको लागी यो समयमा बजारमा Recharge कार्ड पाइदैन । Wi-Fi को सुबिधा भएकाहरु लाई पनि बिधुत जाने समस्या छ । कक्षा लिन चाहाने तर ईन्टरनेटको उचित सुबिधा नभएको ठाउँमा नभएकाहरु ले के गर्ने?हामिले अहिले आफुलाई घर भित्र सुरक्षित राख्ने अवस्था आउदै गर्दा मात्र अनलाइन कक्षाहरुको कुरा अगाडी बढायौ। २ महिना पहिले सम्म कहाँ थियो अनलाइन कक्षा? कसैले सोच्यो यसरी पनि पढ्न सकिन्छ भनेर ? रोपेको २ महिनामा त तरकारी पनि फल्दैन । हामिले यसबारेमा धेरै पहिले सोच्नु पर्‍थ्यो । के केहि बारे सोच्नलाई केहि हुनै पर्छ र ?

अनलाइन कक्षाकै बारेमा कतिपय ब्यक्तिहरूका कुराहरु पनि मैले सुने पढे “लिन सक्ने ले लिक्छन , नसक्नेले लिदैनन” त्यसो भए राहत किन बाढ्नु पर्‍यो? घरमा खाद्य सामाग्री भएका ले खान्छन नसक्ने भोकै बस्छन । कुरा एउटै भएन र ?
अनलाइन कक्षाकै बिषयलाई लिएर कतिपय बिज्ञहरुले विभिन्न बिकसित राष्ट्रको उदाहरण दिदै गर्दा उहाँहरुले यो कुरा भुल्नु भयो कि नेपाल बिज्ञान र प्रबिधिको पक्षमा उति धेरै सबल छैन । अलिअली हावाहुरी लाग्यो भने बिजुली गैहाल्छ । नेटवर्कको त्यस्तै समस्या । शहरी क्षेत्रमा बाहेक कहाँ पाउनु हुन्छ 4G?

नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने एक अध्ययनले के बताउछ भन्दा नेपाल सुचना प्रबिधिका हिसाबमा सार्क राष्ट्रका आठ देश मध्ये पाँचौ स्थानमा र विश्वभरमा सय स्थानमा पनि पर्दैन । यो अध्ययन पढिरहदा हामी बुझ्न सक्छौ कि हाम्रो देश सुचना प्रबिधिको हिसाबमा कति पछाडि छ। कुनै पनि कुरा कार्यनयन गर्दा हामिले हाम्रो अवस्थाको बारेमा पनि सोच्नु जरुरी छ ।
अनलाइन कक्षा संचालन सामाजिक संजालमा म्यासेज गरे जस्तो सजिलो छैन त्यसको लागी उच्च गुणस्तरको ईन्टरनेटको आवश्यकता पर्दछ जुन हाम्रो सबै क्षेत्रमा अझै पुग्न सकेको छैन ।
ईन्टरनेट कै कुरा गर्दा हाम्रा कतिपय क्षेत्रहरु जति सबल छन त्यो भन्दा धेरै क्षेत्रहरु पछाडि छन । ती पिछडिएका क्षेत्रको बारेमा पनि एकपटक सोच्ने कि ?

हामिले जुन अनलाइन कक्षाको बारेमा कल्पना गरिरहेका छौ त्यो हाम्रो कल्पना भन्दा टाढाको बिषय भने अवश्य होइन तर त्यसको लागी हामी सँग प्रयाप्त पुर्बाधारहरु हुनु जरुरी छ । जस्तो कि उच्च गुणस्तरको ईन्टरनेट सुबिधा बिजुली बत्तिको सुबिधा । पहिले पुर्वाधारको बारेमा सोचेर ती पुर्वाधारहरु को निर्माण गरेर अगाडी बढ्न सके निकट भविष्यमा हामी अवश्य पनि सफल हुन्छौ ।
अनलाइन कक्षा संचालन निकट भविष्यमा बरदान साबित त होला तर यो समयमा? मैले अनलाइन कक्षा संचालन असम्भव छ भन्न खोजेको हैन तर यो समयमा निकै चुनौतीपुर्ण छ । यसले अझै चुनौती नबढावस ।

पुष्कर भुसाल

सम्बन्धित् समाचार