नेपाल औषधी ब्यवसायी संघ कपिलवस्तुले कपिलवस्तुका संचारकर्मीलाई मास्क, सेनिटाईजर र पंजा प्रदान गरेको छ । शुक्रवार संघले तौलिहवामा पत्रकार महासंघ मार्फत ६० जना संचारकर्मीलाई सो समान हस्तान्तरण गरेको हो ।
संघका जिल्ला अध्यक्ष डा धर्मराज भट्टराईले ६० थान मास्क, ५० थान सेनिटाईजर र ३ सय पंजा पत्रकार महासंघका जिल्ला सभापति डिलाराम भुसाललाई हस्तान्तरण गरेका थिए । संघका अध्यक्ष भट्टराईले कोरोना भाईरसको जोखिमका बावजुत स्वास्थ्ग्यकर्मी सुरक्षाकर्मी र संचारकर्मीले अहोरात्र खटेर काम गरिहेको भन्दै सुरक्षित तरिकाले कार्यस्थलमा काम गर्न सहजताकालागि संचारकर्मीलाई सो सामाग्री प्रदान गरिएको बताए ।
उनले यस्तो जोखिमका बेला यो सामाग्रीले संचारकर्मीलाई फिल्डका काम गर्न सजिलो हुने बिश्वास ब्यक्त गरे । सो अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरिले कोरोनो संक्रमणका बेला आफनै तरिकाले काम गरिहेको संचारकर्मीलाई दिईएको यो सुरक्षा सामाग्रीले केही भए पनि हौसला बढेको बताए ।
यो जोखिमको बेला गरिएको सहयोग आफैमा एउटा राम्रो काम भएको उनले बताए ।
पत्रकार महासंघका जिल्ला सभापति भुसालले संचारकर्मीलाई दिईएको यो सामानले पत्रकारहरुलाई फिल्डमा खटेर काम गर्न सहज हुने बताए । पत्रकार महासंघका प्रदेश सदस्य मनोज कुमार श्रीवास्तवले लकडाउनका बेला मारमा परेका बेला संचारकर्मीले पाएको यो सानो सहयोगले केही भए पनि राहत मिलेको बताए । कार्यक्रम संघका अध्यक्ष भट्टराईको अध्यक्षता र संघका महासचिव मनिराम पाण्डेयको संचालनमा भएको थियो ।