गृहपृष्ठ खबर विपन्न परिवारहरुको खोजी गर्दै राहत बाड्दै तरुण दल र नेविसंघ कपिलवस्तु

विपन्न परिवारहरुको खोजी गर्दै राहत बाड्दै तरुण दल र नेविसंघ कपिलवस्तु

बैशाख,२१ कपिलवस्तु
नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघ क्षेत्र नं १ कपिलवस्तुले विपन्न परिवारहरुको खोजी गर्दै राहत वितरण गरीरहेका छन् । विश्व महामारीको रुपमा कोरोना भाईरस (कोभिड १९) फैलिरहेको अवस्थामा आफ्नो स्वास्थ्यको प्रवाह नगरि सामाजिक कार्यमा तरुण दल र नेविसंघ राहत बोकेर घरघरमै पुग्ने गरेका छन् । यसैक्रममा आईतवार बाणगंगा वडा न.६का २३ घर परिवारलाई राहत वितरण गरिएको छ ।
तरुण दल र नेविसंघको राहत वितरणमा विपन्न परिवारहरुले गुनासो गर्दै भने यस वडा नं ६ मा वितरण गरिएको सरकारी राहतमा राजनैतिक हावी भएको छ त्यसैले हामिले राहत पएनौ । उनीहरुले राज्यको राहतमा विभेद भएपनी तरुण र नेविसंघले आफुहरु जस्तो विपन्न परिवारको साहारा बनेकोमा खुशि व्यक्त गरेका थिए ।
लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय संगठन लकडाउन घोषणा भईसकेपछि गरिव, विपन्न तथा आगलागि पिडितहरुमा लागेको चोटको औषधिनै सावित बन्न पुगेका छन् । स्थानिय सरकारले राहत दिन छुटेका अति बिपन्न परिवारलाई खाद्यान्न सामाग्री दाल, चामल, नुन, तेल र गर्मी याममा लाखुट्टेबाट बाट बच्नका लागि झुल लगायतका सामाग्री बितरण गरिएको नेविसंघ क्षेत्र नं १का सभापती चन्द्रकान्त पोख्रेलले बताए । उनले भने कोहि कतै तेस्तो बिपन्नको घरमा चुलो बन्द हुने स्थिति छ भने तेस्ता परिवारले आफुहरु लाई सम्पर्क गर्नका लागि समेत आग्रह गरका छन् ।
त्यस्तै तरुण दलका जिल्ला सभापती शक्ति सिंह ठकुरीले नगरपालिकाले राहत बितरण गरिसक्दा समेत वास्तविक पीडितले नपाएको गुनासो र खबर थाहा पाउना साथ यो बेला आफ्नो ज्यानको जोखिम मोलेर भएपनी अती आवश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिएकोे बताए । यस्तो विषम परिस्थितीमा कुनै पार्टी नहेरि अहिले राजनीति भन्दा माथी उठेर काम गरेको भन्दै बिपन्न परिवारको घरमा चुल्हो बाल्ने उद्देश्यका साथ अगाडि बढेको ठकुरीको भनाई छ ।
वडा नं ६ मा तरुण र नेविसंघले गरेको यो दोस्रो चरणको राहत हो ।कार्यक्रममा नेका जिल्ला सदस्य रबि काफ्ले छेत्रीय सचिव प्रेमनारायण पौडेल त्यसैगरी तरुणदलका कल्याण टण्डन,राजन आले कृष्ण पराजुली गोबिन्द आचार्य  नेविसंघका राममणी पौडेल मीन थापा वडा सभापति रामकिशुन चौधरी,सचिव अशोक बेल्बासे नेका का नेता गुरुप्रसाद चौधरी,झंकेश्वर खनाल लगायतको उपस्थितिमा  बाणगङ्गा वडा नं.(६ का अति बिपन्न परिवारलाई सुठौलिको बिधालयमा सामाजिक दुरि कायम गर्दै बितरण गरिएको थियो।यो अभियान दोश्रो चरणको अभियान रहेको र पहिलेको चरणमा राहत बाडिएको र पछि नगरपालिकाले दिदा पनि छुटाइएकोलाई नेविसंघ र तरुण दलले सहयोग गर्दै अभियान लिएर हिडेको छ।
कार्यक्रममा सहयोगि सबैलाई तरुण नेता कल्याण टन्डनले धन्यवाद ब्यक्त गर्दै जो कोहि पनि बिपन्न परिवार छन भने छुटनु हुदैन हामिले सहयोग गर्ने हो र वडाले आफुखुसि राहत बाडेको प्रती गम्भीर ध्यानाकर्षण भएको बताए ।

सम्बन्धित् समाचार