गृहपृष्ठ खबर नेपाली विद्यार्थीको गुहार,हामी विचलित छौं, घर पुग्न चाहन्छौं

नेपाली विद्यार्थीको गुहार,हामी विचलित छौं, घर पुग्न चाहन्छौं

प्रकाशित मिति:

भारतमा पारुल विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले आफुहरु विचलित छौं र लक डाउन खुल्ने वित्तिकै हामी हाम्रो घरमा पुग्न चाहन्छौं भन्दै उद्दारको लागि गुहार मागेका छन् । भारतको गुजरातमा स्थित रहेको पारुल विश्व विद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थी कपिलबस्तु बाणगंगा–८ बोर्डगाउँ निवासी एलिजा अर्यालले पत्रकारलाई चिठ्ठी पठाउँदै स्थानिय सरकार तथा नेपाल सरकारलाई आग्रह गरिदिनुहुन अपिल समेत गर्नुभएको छ । उहाँले गुजरातको अवस्था दिन प्रतिदिन विग्रिदै गएको भन्दै नेपाल सरकारलाई यस पारुल विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थिहरुलाई उद्दार गरिदिनुहुन अनुरोध गर्नुभएको छ ।

उहाँले कोरोना भाइरसको त्रास बढ्दै गएपछि आफुहरु चिन्तित रहेको बताउँदै सुरक्षित आफ्नो घर, आफ्नो देशमा फर्किन चाहेको बताउँनुभयो । अहिले पारुल विश्व विद्यालयमा कपिलबस्तु, रुपन्देही, नवलपरासी, जनकपुर, विराटनगर, काठमण्डौं, विरगंज, कन्चनपुर, धनुषा, सिमरा, सर्लाही, रामेछाप, मकवानपुर, मोरङ सहित विभिन्न जिल्लाका लगभग २ सय नेपाली विद्यार्थीहरू रहेको र ३२ जना विद्यार्थिहरुको नाम, फोन नम्मर, ठेगाना मेल मार्फत पठाएको जनकारी दिनुभयो । एलिजा अर्यालले चिठ्ठीमा यस्तो लेख्नुभएको छ । आदणिय सर÷मेडम हामी पारुल विश्वविद्यालयका विद्यार्थी हौं । हामीलाई थाहा थिएन कि गुजरातको अवस्था एक दिन झन नराम्रो हुनेछ । त्यसभन्दा बढी २०० नेपाली विद्यार्थीहरू अहिले यस कलेजमा छन् ।

हामीलाई थाहा छ कि भारतमा अहिले अन्य राज्यहरूको तुलनामा गुजरातको अवस्था एकदम खराब छ । हामी सबै यति विचलित छौं र लकडाउन खोल्ने बित्तिकै हाम्रो घरमा पुग्न चाहन्छौं । अहिले हामी सुरक्षित छौं तर कहिले सम्म थाहा छैन हामी डराई रहेकाछौं । हामी अनुरोध गर्न चाहान्छौं कि कृपया हामीलाई सिमाना सम्म पुग्न सुरक्षित घरमा व्यवस्था गर्नुहोस् र घरमा सुरक्षित रूपमा आउनुहोस् । कलेजमा रहेका सबै भारतीय विद्यार्थीहरू भारतीय सरकारी सेवाको सहयोगमा घर जाँदै छन् ।

कृपया हामीलाई हाम्रो घरमा पुग्न सहयोग गर्नुहोस् । हामी यहाँ सुरक्षित हुने छैनौं । म यस होस्टलमा रही अध्ययन गरि रहेका विद्यार्थिहरुको डाटा संलग्न गर्न चाहन्छु । हामी तपाईंको सकारात्मक प्रतिक्रियाको लागि आशा गर्दछौं । एलिजा अर्याल नेपाली विद्यार्थी पारुल विश्वविद्यालय

सम्बन्धित् समाचार