लकडाउनमा जिल्लाका सिमाक्षेत्र हुदै अवैध भारतीय औषधीको तस्करी बढ्दै गएको छ । जिल्लाको कृष्णनगर, बढ्नी कुशवहा सिमा क्षेत्र हुँदै नेपालमा प्रतिबन्धित भारतीय औषधि आज महराजगंज नगरपालिका ७ सतभराका स्थानियहरु एक लाख बराबरको औषधी समातेर प्रहरीलाई बुझाएका छन । महाराजगन्ज नगारपालिकाको कोटिया बढनी सिमा हुँदै अवैध औषधी भित्रिदै गरेको अवस्थामा हिजो राति ८ बजे गाउंलेहरु समातेर इलाका प्रहरी कार्यालय कृष्णनगरलाई बुझाएका छन ।
कोरोना संक्रमणका कारण भारतसंगको सिमा लक भएकाले चोरबाटो हुँदै अवैध औषधिको तस्करी मौलाएको स्थानियहरु बताउछन । तस्कारी गरेर ल्याईने औषधिहरु जिल्लाका महराजगंज, बुटहनिया,कृष्णनगर ,चन्द्रौटा र तौलिहवासम्मका क्लिनिक एवं पसलहरुमा सप्लाई हुँदै आएको जानकारी पाईएको छ।
भारतसंगको सिमामा लकडाउन अवधीदेखि सशस्त्रको नया चेकपोष्ट बनाइएको छ तर रातिको समयमा तस्करहरु खेतको डिल तथा नदीको किनाराको छेउ समाउदै नेपालमा औषधि लगायत अन्य समान ओसार पोसार गरिरहेका प्रत्यक्षदर्शीहरु बताउँछन् ।
खुल्ला सिमाना रहेकाले औषधी तस्करी र मान्छे ओहोरदोहर रोक्ने सम्भव प्रयास गरिरहेको सशस्त्र प्रहरीका नायब उपरिक्षक सुशील शाही ले बताउनुभयो ।









