गृहपृष्ठ खबर चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदां एक जनाको ज्यान गयो

चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदां एक जनाको ज्यान गयो

प्रकाशित मिति:

चितवनको खैरहनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । पूर्वीचितवनको खैरहनी २ चैनपुर चोकमा ग १ क २१९६ नम्बरको ट्रकले ना २७ प ५८१८ नम्बरको मोटरसाइकललाई ठक्कर खैरहनी ८ निवासी ६३ बर्षका कुलानन्द भण्डारीको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिमतर्फ जादै गरेको ट्रकले बाटो काट्ने लागेको मोटरसाइकललाई बेलुका ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि भरतपुर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित् समाचार