गृहपृष्ठ खबर विद्युत सर्ट भएर आगलागी हुदाँ वाणगंगाको बनगाईमा करिव १५ लाखको क्षती

विद्युत सर्ट भएर आगलागी हुदाँ वाणगंगाको बनगाईमा करिव १५ लाखको क्षती

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालिकाको एक घरमा आगलागी हुँदा ठुलो क्षती भएको छ । वाणगंगा नगरपालिका वडा नं. ७ मा सोमवार  बिहान सन्तोष सुनारको दुई तले घरमा विद्युत सर्ट भएर आगलागी भएको हो ।

आगलागीका कारण कोठमा राखिएको बक्स प्लङको घर्रामा रहेको नगद रु ५ लाख ५४ हजार, २ लाख २५ हजार मुल्यको ३ तोला सुन, एक फ्रिज, ईनभटर ब्याट्री, पंखा, सोफा सेट, स्टील दराज, २ थान काठको लोबेड, झ्याल, ढोका समेत जलेर नष्ट भएका छन् । आगलागीबाट संरचना सहित करिव १५ लाख बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

 

अगलागी भएको खबर पाउना साथ ईलाका प्रहरी कार्यालय पिपराको टोली घट्ना स्थल पुगेको थियो । नगरपालिकाको दमकल प्रहरी, र स्थानीयको सहयोगमा ४५ मिनेट पछि आगो नियन्त्रणमा लिईएको थियो ।

सम्बन्धित् समाचार