गृहपृष्ठ खबर विद्युत सर्ट भएर आगलागी हुदाँ वाणगंगाको बनगाईमा करिव १५ लाखको क्षती

विद्युत सर्ट भएर आगलागी हुदाँ वाणगंगाको बनगाईमा करिव १५ लाखको क्षती

कपिलवस्तुको वाणगंगा नगरपालिकाको एक घरमा आगलागी हुँदा ठुलो क्षती भएको छ । वाणगंगा नगरपालिका वडा नं. ७ मा सोमवार  बिहान सन्तोष सुनारको दुई तले घरमा विद्युत सर्ट भएर आगलागी भएको हो ।

आगलागीका कारण कोठमा राखिएको बक्स प्लङको घर्रामा रहेको नगद रु ५ लाख ५४ हजार, २ लाख २५ हजार मुल्यको ३ तोला सुन, एक फ्रिज, ईनभटर ब्याट्री, पंखा, सोफा सेट, स्टील दराज, २ थान काठको लोबेड, झ्याल, ढोका समेत जलेर नष्ट भएका छन् । आगलागीबाट संरचना सहित करिव १५ लाख बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

 

अगलागी भएको खबर पाउना साथ ईलाका प्रहरी कार्यालय पिपराको टोली घट्ना स्थल पुगेको थियो । नगरपालिकाको दमकल प्रहरी, र स्थानीयको सहयोगमा ४५ मिनेट पछि आगो नियन्त्रणमा लिईएको थियो ।

सम्बन्धित् समाचार