गृहपृष्ठ खबर कपिलवस्तुमा जबर्जस्ती करणी प्रयास गर्ने एक जना पक्राउ

कपिलवस्तुमा जबर्जस्ती करणी प्रयास गर्ने एक जना पक्राउ

प्रकाशित मिति:

महाराजगञ्ज नगरपालिका वडा नं ५ इटरोलमा एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने २६ वर्षीय रवीन्द्र केवट आज पक्राउ परेका छन् ।
गए राति करीब १२ बजे युवतीका घरमा जबर्जस्ती करणीको प्रयास गरेपछि केवटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

अभियुक्तको स्युराज अस्पताल बहादुरगञ्जमा शारीरिक परीक्षण गरेर आज मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

सम्बन्धित् समाचार