कपिलवस्तु अझै सम्म कोरोनाबाट सुरक्षित रहेको पाईएको छ । कपिलवस्तुमा एक हजार ६५ जनाको र्यापिड टेस्ट भएको र सबैको रिपार्ट नेगेटिभ रहेको जिल्ला स्वास्थय कार्यालय प्रमुख योगेनद्र भगतले बताए । सोमबार २ पालिकामा कुल १२ टेस्ट भए । कृष्णनगरमा १० र बिजयनगरमा २ टेस्ट भए । अहिले सम्म बिजयनगर गाउपालिकाा २ सय , महराजगंजनगरपालिक २ सय ४१ सुद्धोदन गाउपालिकामा ७९ , मायादेबी गाउपालिकामा ९९ कृष्णनगर नगरपालिकामा १ सय १८ शिवराज नगरपालिकामा ८८ जनाको टेस्ट भएको छ ।
यस्तै कपिलवस्तु नगरपालिकामा ५८ यशोधरा गाउपालिकामा ८६ र बाणगंगा नगरपालिकामा ५१ बुद्धभुमीमा ४३ भईसकेको छ । १० पालिकाले तयार गरेको एक हजार ७७ क्वारेन्टाईन बेडमा एक हजार २९१ जना रहेका्ेमा ९ सय ६६ जना डिस्चार्ज भई हाल ३ सय २५ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो । १० पालिकाले तयार गरेको एक हजार ७७ क्वारेन्टाईन बेडमा एक हजार २९७ जना रहेका्ेमा ९ सय ७४ जना डिस्चार्ज भई हाल ३ सय २५३ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो ।
उता सशस्त्र प्रहरीले नाकामा निग्रानी बढाए पनि भारतबाट चोर नाका हुदै नेपाल भित्रनेक्रम रोकिएको छैजन । अहिले चोरनाका हुदै भारतमा रोजगारीकालागि गएकाहरु अहिले फकर्ने गरेका छन । भारतको लकडडानउको स्वरुपि बदले पछि भारतका बिभिन्न शहरमा रोकिएका नेपाली मजदुरहरु अहिले चोर नाका हुदै कपिलवस्तु छिर्ने गरेका छन । उनीहरु क्वारेन्टाईनमा नबस्दा कपिलस्तु समेत कोरोनाको उच्च जोखिममा परेको हो ।