गृहपृष्ठ खबर चट्याङबाट दाङमा आगलागी, दुईतले घर जलेर पूर्ण रूपमा क्षति

चट्याङबाट दाङमा आगलागी, दुईतले घर जलेर पूर्ण रूपमा क्षति

प्रकाशित मिति:

दाङमा चट्याङबाट आगलागी हुँदा २  घर जलेका छन् । घर जले पनि मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, घोराही उपमहानगरपालिका–११, नारायणपुरका द्रोण केसीको घरमा आगलागी भएको हो ।

चट्याङबाट मानवीय क्षति नभए पनि दुईतले घर जलेर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

आगलागीपछि घरभित्र रहेका सबै बाहिर निस्किएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब चार लाख रुपैयाँबराबरको क्षति भएको छ । घरभित्र रहेका लत्ताकपडा, सामग्री र खानेकुरा सबै जलेर नष्ट भएको प्रहरीले बताएको छ । अहिले पीडित केसीको परिवार स्थानीयवासीका घरमा बसिरहेको छ ।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका–८, अस्वाराका मोहन विकको घर भत्किएको छ । हावाहुरीसँगै परेको वर्षाले घर भत्किएको हो ।

घर भत्किँदा घरभित्रका खाद्यान्नलगायत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार