गृहपृष्ठ खबर तरुणदल र नेविसंघको राहत जारी, बाणगंगा वडा नं. ७ मा वडाले वितरण गर्न छुटेकालाई प्राथमिकता

तरुणदल र नेविसंघको राहत जारी, बाणगंगा वडा नं. ७ मा वडाले वितरण गर्न छुटेकालाई प्राथमिकता

 

नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघ क्षेत्र नं १ कपिलवस्तु कोरोना भाईरस (कोभिड १९) को यो विश्व महामारीको अवस्थामा सामाजिक कार्यमा लागिपरेका छन् । विगत लामो समय देखि राहत वितरणमा तल्लिन छन् ।

गरिब तथा विपन्न परिवारहरुको खोजी गर्दै कपिलवस्तुका विभिन्न स्थानमा गएर राहत बाढ्दै आएको छ । यसै क्रममा मंगलवार वाणगंगा नगरपालिका वडा नं ७ का ३० घर परिवारलाई राहत वितरण गरेको हो । वडाले राहत बाँड्न छुटेका गरीब विपन्न परिवारलाई राहत वितरण गरिएको तरुणदल जिल्ला सभापति शक्ति सिंह ठकुरीले बताए ।

लकडाउनले गर्दा दैनिक मजदुरी गरेर खाने परिवारलाई समस्या परेको आवाज आइरहेका बेला यस अघि पनि सरकारी पक्ष भन्दा पहिलेनै ती र त्यस्ता परिवारलाई अति आवश्यक खाद्यान्न सामग्री सहयोग गरिसकेको छ । साेहि क्रममा  वास्तविक पीडितको गुनासो सुनेर अती आवश्यक खाद्यान्न  वितरण गर्ने कार्यलाई निरन्तरता दिएको तरुण दलका जिल्ला सभापती शक्ति सिंह ठकुरीले बताए । बिपन्न परिवारको घरमा चुल्हो बाल्ने उद्देश्यका साथ अगाडि बढेको ठकुरीको भनाई छ ।

राज्यको राहतमा विभेद भएपनि तरुण र नेविसंघले आफुहरु जस्तो गरीब, विपन्न परिवारको साहारा बनेकोमा हर्षित भएका थिए । लामो समयदेखि अभियानमा सक्रिय यो टोली लकडाउन घोषणा भईसकेपछि गरिव, विपन्न तथा गरिव परिवारहरुको साहारा बन्दै आईरहेका छन् । वडाले दिन छुटेका अति बिपन्न परिवारलाई खाद्यान्न सामाग्री दाल, चामल, नुन, तेल लगायतका सामाग्री बितरण गरिएको नेविसंघ क्षेत्र नं १ सभापती चन्द्रकान्त पोख्रेलले जानकारी दिएका छन् ।

 

राहत वितरण कार्यक्रममा नेपाली कंग्रेस क्षेत्रीय सचीव प्रेमनारायण पौडेल,क्षेत्रीय सदस्य दुर्गा केसी, वडा सभापति तेज बहादुर पछाई, बरिष्ठ समाजसेवी रुक बहादुर भुसाल, ट्रेड युनियनका जिला उपाध्यक्ष भक्तिराम शर्मा, तरुण दल जिल्ला सदस्य राजन आले, कृष्ण पराजुली , कुमार खड्का, राजकुमार श्रेष्ठ, असोक वाग्ले, मिन थापा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार