- अर्घाखाँची जिल्लाको वडा नं ११ मा पर्ने मौवाबारिमा लकडाउनको ठाडै उल्लंघन भएको छ।
कोरोना भाइरसको बढ्दो जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउन सितगंगाको मौवाबारिमा कार्यान्वयन पक्ष फितलो देखिदै आएको छ ।

लकडाउन कार्यान्वयन गराउन जनप्रतिनिधिले पनि आफ्नो तर्फबाट प्रयास गर्नुपर्नेमा वडा सदस्य नै आफै भिड गरेर गफ गर्दै बस्ने गरेको पाइएको हो।झण्डै १ सय जति सर्वसाधारण जम्मा भएर देखिएको जात्राले कोरोनाको महामारी भएको अहिलेको समयमा झनै त्रास बढाएको छ । विभिन्न ठाउमा जाने आउने र त्यसरी जम्मा भएर बस्दा कोरोना संक्रमण सर्ने थाहा हुदा हुँदै पनि जनप्रतिनिधिले नै सामाजिक दुरि कायम गर्दैनन् । मौवाबारिको धौवा सामुदायिक वनले माक्स र साबुन वितरण गर्ने भन्दै स्थानिय जम्मा भएको एक स्थानीयले बताए ।
त्यहाका वडा सदस्य, सामुदायिक वनका अध्यक्ष बुद्धिजिविले नै आफै भिडभाड गरि गफ गर्दै बस्ने गरेको एक स्थानीयले नाम गोप्य राख्ने सर्तमा बताएका हुन।









