गृहपृष्ठ खबर लकडाउन लम्बिने संम्भावना ,मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै

लकडाउन लम्बिने संम्भावना ,मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै

प्रकाशित मिति:

काठमाडौं । लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बुधबार बस्दैछ । ११ बजेपछि बस्ने बैठकले चैत ११ देखि जारी लकडाउनबारे थप निर्णय गर्नेछ ।

मंगलबार प्रधानमन्त्रीसहित बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिएको थियो । तर पछिल्लो समय कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरेर मोडल परिवर्तन गर्न सकिनेबारेमा समेत छलफल हुँदै आएपनि प्रधानमन्त्री केपी ओली लकडाउनलाई अहिलेकै अवस्थामा निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

लकडाउनको मोडलबारे प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाका भनाइ बाझिएका छन् । मन्त्री थापा लकडाउन लम्ब्याउन नहुने पक्षमा रहेका छन् भने प्रधानमन्त्री लकडाउलाई अझ कडा बनाउदै केही दिन लम्ब्याउने पक्षमा छन् ।

सम्बन्धित् समाचार