
हरि घिमिरे , बैशाख २४
कपिलवस्तुको मायादेवि गाँउपालिका वडा न.२का विपन्न तथा गरिवहरुले राहत नपाएको गुनासो गरेका छन । विगत डेढ महिनायताको लामो लकडाउनका कारण जिविकोपार्जनमा समस्या भएकाले उनिहरु दुःख देखाउन बाध्य भएका हुन ।
स्थानिय तहले राहत देला भनेर आसमा बसेका उनिहरु स्थानियतह बाट राहत नपाउदाँ रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्तामा रहेको विपन्नको भनाई छ । वडाले बल्ल तल्ल नाम त लेखिदिएको थियो तर राहत अर्कैको हातमा पुग्यो , हामि राहत पाईएला अनि खान पाईएला भनेर आसै आसमा बस्यौ तर हाम्रो नाम लिस्ट बाट हटाईएको रहेछ हामि जिल्ल भयौ पिडित जयसराम बढईले वैखरी अनलाइन लाइ बताए । त्यस्तै अर्का पिडित सोमे प्रसाद कोहारले आफ्नो परिवार भन्दा अझ हुनेखानेहरुले राहत पाएको देखेपछी उनले राजनैतिक पहुँचको आधारमा राहत बाडेको गुनासो गरेका छन् ।
मायादेवि गाँउपालिका वडा नं २ मा वितरण गरिएको सरकारी राहतमा राजनिति हावी भएको उनी मात्र होईन अर्का विपन्न परिवार लक्ष्मी नारायण भुजले पनि बताए । सोहि क्रममै विपन्न परिवारकि जयतुन्नी सा ले आखाँ भरि आसु लिदै आफ्नो परिवार एकदमै खाने , बस्ने , थलो नभएको र मजदुरी गरि दुई छाक टार्दै आएको बताईन । उनले कोरोनाका कारण चुलो बाल्न समेत धौ धौ हुन थालेपछी उनले छिमेकि कहाँ अैचो पैचो गर्न थालिन वडा बाट राहत पाउने आसमा बसेका परिवार राहत लिष्टमा नाम अटाएन राहतबाट पनि बन्चित भयौ कसैले हेरेन उनको भनाई थियो । यस्तै त्यसै गाँउका राम निवसले आफुले राहत पाएको र आफ्ना छिमेकि आफु भन्दा गरिब हुदाँ समेत राहत नपाउँदा दुःख लागेको बताए ।
यसै बिषयमा मायादेवि गाँउपालिकाका अध्यक्ष बजरंगि प्रसाद चौधरि संग सम्पर्क गरेर बुझ्दा आफुहरुले कुनै राजनैतिक पुर्वाग्रह नराखि राहत वितरण गरेको बताए । उनले भनेका छन कोहि कारण बस छुटेको भए हाम्रा नागरिकलाई भोकै बस दिने छैनौ हामि संग सिधै आएर सम्पर्क गर्न अनुरोध छ । त्यस्तै सोहि वडा न २का वडा अध्यक्षले पनि कोहि छुटेको भएमा सम्पर्कमा आउन भन्दै वडाका हाम्रा नागरिकहरु लाई कदापि भोको रहन नदिने प्रतिबद्धता व्याक्त गरेका छन् ।









