गृहपृष्ठ खबर दुई देशबीच समझदारी भएपनि ३ सय बढी नेपाली दशगजा मै अलपत्र, व्यवस्थापनमा चुनौती

दुई देशबीच समझदारी भएपनि ३ सय बढी नेपाली दशगजा मै अलपत्र, व्यवस्थापनमा चुनौती

कोरोना भाईरसका कारण सिमा नाका बन्द गरिएको बेला जिल्लाका बिभिन्न नाकाबाट नेपाल प्रबेश गर्नेक्रम समेत बढेको छ । सोेमवार देखि बुधवार साझ सम्म नेपाल प्रबेश गर्न खोज्ने ३ सय ५३ जना अहिले दशगजामा अलपत्र छन् । भारतको बिभिन्न स्थानमा रोजगारीका लागि गएकाहरु अहिले फर्कने क्रम बढेको छ । उनीहरुलाई भारतीय सुरक्षाकर्मीले छाडे पछि उनीहरु नाकाबाट छिर्ने क्रममा सशस्त्र प्रहरीले राके पछि अहिले ३ सय ५३ जनाको दशगजा मै बास भएको छ । दशगजा क्षेत्र नेपाल र भारतको सिमा छुट्टाउने क्षेत्र हो ।

दुःख कष्ट सहेर बल्तल्तल्ल नेपाललको सिमा आएका उनीहरु प्रबेश नपाए पछि मर्कामा परेका छन । उनीहरु खुला आकाश मुनी बस्न बाध्य छन् । हावाहुरी बर्षाको मौसममा उनीहरु खुला आकाशमुनी बस्न बाध्य छन् । भारतको मुम्बैबाट १० दिनको कठिन यात्रा पछि सिमामा पुगेका कपिलस्तु नगरपालिका वडा नम्बर– ४ का रोमेश्वर यादवले भातरीय सुरक्षाकर्मीले आउन दिए पनि नेपाली सुरक्षाकर्मीले रोके पछि अहिले दशगजा मै बास भएको बताए । २ दिन देखि दशगजामा रहेको उनले सिमामा अलपत्र भएका आफुहरु निकै मर्कामा परेको बताए । ‘हावाहुरी, पानीको मौसम छ, लामखट्टेले टोकोको छ खाना कुरा केही छैन ’ नेपाल प्रबेश गर्न नदिए पछि निकै आक्रोसित हुदै उनले भने ‘ आफनो देश आउन पनि बिरानो भए जस्ता लाग्यो ’ ।

यादव जस्तै अहिले भारतको मुम्बै, दिल्ली, गुजरात लगायतका शहरबाट फर्केर सिमा दशगजामा बसेकाहरुले कष्टकर जीवन बिताउन बाध्य छन् । यशोधरा गाउँपालिका– ४ पिपराका वडाध्यक्ष फत्ते मोहोम्द मुसलमानले वडा र गाउँबासीको सहयोगमा सिमामा अलपत्र परेकाहरुलाई खान खुवाईएको बताए । ‘हामीले दशगजामा रहेको नेपालीहरुलाई ल्याउन चाहन्छौ तर प्रशासनले अनुमति नदिदा ल्याउन सकेको छैनौ ’ उनले भने । दशगजामा रहेकोहरुलाई देख्दा आफुहरु पनि दुःखी भएको भन्दै उनले दशगजामा रहेकोहरुको छिट्टै निकास निकाल्नु पनै उनले बताए ।

उता यशोधरा गाउपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेयले दशगजामा रहेका नेपालीहरुको अवस्था दयनीय रहेको बताए । उनीहरुलाई बस्नका लागि पाल र खानेकुुराको ब्यवस्था गरिएको भन्दै पाण्डेयले सिमामा रहेकाहरुलाई गाउँपालिकाको क्वारेन्टाईनमा राख्न तयार भए पनि प्रशासनले अनुमति नदिएको बताए । भारत तर्फबाट फर्कनेहरुलाई भारत मै र नेपालबाट फर्किन खोज्नेलाई नेपालको क्वारेन्टाईनमा राख्ने दूइ देश बिच सहमित भएको थियो ।
तर भारतीय सुरक्षाकर्मीले त्यसको कार्यान्वयन न गर्दा अहिले समस्या भएको नेपाली सुरक्षाकर्मी बताउँछन ।

सशस्त्र प्रहरी उपरिक्षक जनकराज पुरीले कृष्णनगरमा ५०, मर्यादपुरमा १ सय ६, चाकरचौडामा ८१, भिल्मीमा ४६, हदौनामा ६२, हथिहवामा ७, बिजयनगरमा १ जना छन् । बिभिन्न नाकाबाट प्रबेश गर्न खोज्नेलाई रोकेर त्यहाँ राखिएको उनले बताए । उता प्रजिअ दीर्घ नारायण पौडेलले गृहमन्त्रालयको आदेश अनुसार नै आफुहरुले उनीहरुलाई प्रबेश गर्न रोकेको बताए ।
सिमामा नेपाली नागकिहरुले दःख पाईरहेको भन्दै उनीहरुलाई भारत तर्फको क्वारेन्टाईनमा राख्ने गरी समन्वय गरिएको बताए । मर्यादपुर र त्यस आसपास रहेका १ सय १६ जनालाई भारतीय क्वारेन्टाईनमा राख्ने गरी लगीएको उनले बताए ।

उता अहिले लुकीछिपी नेपाल प्रबेश गर्नेक्रम समेत बढेको छ । जसले गर्दा कपिलवस्तु कोरानाको उच्च जोखिममा परेको हो । प्रहरी उपरिक्षक दीप शमशेर जबराले सिमा नाकामा सक्दो निग्रानी गरे पनि लुकीछिपी जिल्ला प्रबेश गर्नेक्रम भने नरोकिएको बताए । उनले लुकेर नेपाल प्रबेश गरेका त्यस्ता ब्यक्तिहरु बारे स्थानीयले नै प्रहरीलाई खबर गर्नु पर्ने बताए ।

सम्बन्धित् समाचार